- Loading...
धान खरीदमा व्यापारीको मनोमानी
- कृषि टि.भी.
- २ साल अघि
- २२ पटक पढिएको


धानको पकेट क्षेत्र भनेर चिनिने प्रदेश ५ बाँके र बर्दियाका यसबर्ष गतबर्ष भन्दा २५ प्रतिशत बढी धान उत्पादन भएको छ । सरकारले धानको न्यूनतम मूल्य तोकेपनि व्यापारीहरुले भने तोकेको मूल्य भन्दा ७ सय कम प्रति क्विन्टलमा धान्न किन्न थालेका छन् ।

बाँके र बर्दियाका व्यपारिहरुले सरकारले तोकेको भन्दा कम मूल्यमा किसानहरुबाछ धान खरीद गर्ने तयारी गरेका छन् । किसानहरुका अनुसारा व्यपारीहरु सरकारले तोकेको न्यूनतम समर्थन मूल्य दिन तयार छैन ।
यस बर्ष सरकारले मोटा धानको २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ सर्मथन मुल्य तोकिसकेको छ । तर व्यपारीहरुले भने किसानहरुलाई प्रति क्विन्टल कममा २ हजार देखि बढीमा २२ सय सम्म मात्र दिने बताएको किसानहरु बताउँछन् ।
किसानलाई मर्कामा पारेर बढी भन्दा बढी नाफा लिनको लागि व्यपारीहरुले भने सरकारले तोेकेको मूल्य भन्दा कम्तिमा ५ सय प्रति क्विन्टलमा धान खरिद गर्दे आएका छन् । उनीहरुले यो बर्षमा मात्र हैन हरेक बर्ष सरकारले तोकेको समर्थन मूल्य कहिले पनि किसानहरुलाई दिदैनन् ।
।
सरकारी स्वामित्वको खाद्यन्न कम्पनीले किसानहरुबाट समयमै धान नकिन्दा उनीहरु कम मूल्यमा धान बेच्न बाध्य भएका हु्न । समर्थन मूल्य तोक्ने तर समयमा धान नकिन्ने परिपाटिले गर्दा व्यापारीहरुको मनोमानी बढदै गएको हो । जसको प्रत्यक्षमारमा किसानहरु पर्दै आएका छन् ।

