FLASH NEWS
- Loading...
काठमाडौंको तीनकुनेको खाली जग्गामा गुर्जोका विरुवा
- कृषि टि.भी.
- २ साल अघि
- २४ पटक पढिएको


महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५ सय वटा गुर्जोको विरूवा रोपेको छ । भने उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा पनि ५ र ५ वटा गुर्जोको विरूवा रोपिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक भिम प्रसाद ढकाल, प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागितामा गुर्जोको विरूवा रोपिएको हो । रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने गुर्जोको सेवन निकै प्रभावकारी र फाईदा भएकोले उपत्यकाको खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरहरुमा यस्ता विरुवा रोप्ने काम थालीएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस
