FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चालू आवको पहिलो त्रैमासमा ३६ हजार ३६६ मेट्रिकटन प्रशोधित भटमासको तेल भारत निर्यात

    • कृषि टि.भी.
    • २ साल अघि
    • २० पटक पढिएको
    चालू आवको पहिलो त्रैमासमा ३६ हजार ३६६ मेट्रिकटन प्रशोधित भटमासको तेल भारत निर्यात

    वीरगञ्ज नाकाबाट भटमासको प्रशोधित तेलको निकासी उल्लेख्य परिमाणले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७र७८ को पहिलो त्रैमासमा ३६ हजार ३६६ मेट्रिकटन प्रशोधित तेल भारत निर्यात भएको हो ।चालू आर्थिक वर्षको साउनदेखि असोजसम्मको ३ महीनामा निर्यात भएको परिमाण अघिल्लो वर्ष २०७६र७७ को समीक्षा अवधिको तुलनामा साढे ४ गुणा बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । अघिल्लो वर्ष पहिलो ३ महीने अवधिमा वीरगञ्ज नाकाबाट बारा र पर्साका तेल उद्योगले ७ हजार ९८० मेट्रिकटन तेल निकासी गरेका थिए ।भटमासको तेल यो वर्ष वीरगञ्ज भन्सारबाट निकासी हुने मुख्य वस्तुको पहिलो स्थानमा परेको छ । अघिल्लो वर्ष प्रशोधित पाम तेल निकासी गरेका उद्योगले यो वर्ष भटमासको तेल निकासीमा जोड दिएका हुन् ।भारतले गत माघमा पाम आयलको आयात रोकेको थियो । १ महीनाको प्रतिबन्धपछि कोटामा आयात अनुमति दिएको भारतले गत चैतमा पुनः प्रतिबन्ध लगाएको थियो ।प्रशोधित पाम तेल निकासी रोकिएपछि कच्चा पाम तेलको आयात भने उल्लेख्य परिमाणले घटेको छ । अघिल्लो वर्षको पहिलो ३ महीनामा ४९ हजार ७३८ मेट्रिकटन यस्तो कच्चा तेल भित्रिएकोमा यो वर्षको सो अवधिमा यो परिमाण ११ हजार ६२८ मेट्रिकटनमा खुम्चिएको वीरगञ्ज भन्सारको तथ्यांकले देखाउँछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित