FLASH NEWS
- Loading...
समर्थन मूल्यमा कैलालीमा नयाँ धान खरिद सुरु
- कृषि टि.भी.
- २ साल अघि
- १४ पटक पढिएको


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा नयाँ धान खरिद कार्य सोमबारबाट सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिको बैठकले गरेको निर्णय बमोजिम किसानको धान खरिद कार्य शुरु गरिएको कार्यालयका प्रमुख अनिल श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाको मोहनपुर र टीकापुरमा रहेको कम्पनीको आफ्नै गोदाममा काँटा सञ्चालन गरी नयाँ धान खरिद सुरु गरिएकामा सत्ती, भजनी र जोशीपुरमा एक, दुई दिनमा खरिद कार्य शुरु हुन लागेको हो । सरकारले तोकेको समर्थन मूल्यमा कम्पनीले नयाँ धान खरिद गर्न लागेको हो । सरकारले मोटो धान प्रति क्वीन्टल दुई हजार ७३५ समर्थन मूल्य तोकेको छ । कम्पनीले यस वर्ष छ हजार ५ सय मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ । गत वर्ष ५० हजार क्वीन्टल धान खरिद गरिएको थियो ।।


प्रतिक्रिया दिनुहोस
