FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पुष्प खेती र बजारीकरण सम्बन्धी अन्तरक्रिया गोष्ठी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    पुष्प खेती र बजारीकरण सम्बन्धी अन्तरक्रिया गोष्ठी

    भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश अन्र्तगत रहेको कृषि विकास निर्देशनालयले पुष्प खेती र बजारीकरण सम्बन्धी अन्तक्रिया गोष्ठी सम्पन्न गरेको छ । छलफलमा किसानले उत्पादन गरेको प्रोड्क्टको उत्पादन विविधिकरण मा जोड दिनुपर्ने बताइएको छ ।

    भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश अन्र्तगत रहेको कृषि विकास निर्देशनालयको आयोजनामा ‘पुष्प सम्बन्धी सरोकारवालाहरु संगको संमन्वयत्मक गोष्ठी तथा अन्तरक्रिया’ कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुबाट पुष्प किसान तथा व्यवसायीहरुको सहभागीता रहेको कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, बुटवलका सचिव डा. रेवतीरमण पौडेलले किसानहरुको समस्या समाधानको लागि मन्त्रालय सदैभ तयार रहेको भन्दै अव उत्पादन विविधिकरणमा जानुपर्ने बताउनुभयो । उहाँले किसानले उत्पादन गरेको प्रोड्क्टको उत्पादन विविधिकरण मा जोड दिनुपर्ने बताउनुभयो । यसको लागि पुष्प उत्पादन मात्रै नभएर बढि मात्रामा उत्पादन भएको पुष्पलाई अन्य पोड्क्टको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा बोल्दै कृषि विकास निर्देशनालय बुटवलका महानिर्देशक याम नारायण देवकोटाले यो बर्ष निर्देशनालय पुष्प किसानहरुको लागि २ वटा कार्यक्रम मात्रै रहेको जानकारी दिदै आगामी दिनमा पुष्प किसान तथा व्यवसायीहरुको साझा सञ्जालबाट आएको कार्यक्रमलाई निर्देशनालयले संमन्वत्मक ढंगबाट अगाडी बढ्ने बताउनुभयो । उहाले यसको लागि यो बर्ष निर्देशनालयले ३ स्थानमा किसानको उत्पादन विक्रि गर्ने विक्री कक्ष स्थापनाको लागि आह्वान गरिएको जानकारी दिए । त्यस्तै पुष्प किसानहरुलाई एड्भान्स लेवलको तालिम समेत सञ्चालन गरिने गरीने छ ।

    त्यस्तै, लुम्बिनी विकास कोषका सचिव शानु राज शाक्यले लुम्बिनी लाई फुलै फुलको शहरको रुपमा परिकल्पना गरिएको जनाउदै यसको लागि व्यवसायी र किसानहरुको ठुलो योगदान रहेको बताउनुभएको थियो ।

    कार्यक्रममा नेपालमा पुष्प व्यवसायको अवस्था, लुम्बिनी प्रदेशमा संभावना र फुलको हार्भेष्ट व्यवस्थापन पद्धतीको विषयमा कार्यपत्र प्रस्तुत समेत गरीएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित