
FLASH NEWS
- Loading...
अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्द लगाउने चीनको तयारी
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको


चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्द लगाउने तयारी गरेको छ । चीनले अस्ट्रेलियाबाट बार्षिक ३९ करोड ४० लाख अमेरिकी डलर बराबरको गहुँ खरिद गर्दे आएको छ । चीनले अस्ट्रेलियाबाट जौ, चिनी, रातो अंगुर, काठ, कोइला, तामाको धाऊ समेतका वस्तुको आयातमा प्रतिबन्ध लगाइसकेको भएपनि गँहु आयातमा प्रतिबन्द कहिले देखि लगाउँछ त्यो भने स्पष्ट भइसकेको छैन ।

अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएपछि चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको हो । चिनियाँ आयातकर्ताहरुले तोकिएको मितिभन्दा पछि अस्ट्रेलियाली प्रतिबन्धित सामग्री आयात भए यसको जिम्मेवार आयातकर्ताहरु नै हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।।

प्रतिक्रिया दिनुहोस
