FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चितवनका गाईमा लम्पी स्किन डिजिजको संक्रमण तिब्र

    • कृषि टि.भी.
    • २ साल अघि
    • २५ पटक पढिएको
    चितवनका गाईमा लम्पी स्किन डिजिजको संक्रमण तिब्र

    पछिलो समय चितवनका गाईमा लम्पी स्किन डिजिजको संक्रमण तिब्र रुपमा फैलिएको छ । गाईको शरीरमा घाउ देखिने, बिमिरा आउने, खुट्टा सुनिनेसहित ज्वरो आई बेहोस हुने समस्या अत्यधिक देखिएको हो । पश्चिम चितवनको पशुपालन र दुग्ध उत्पादनको पकेट क्षेत्र मानिने गीतानगर लगायतका क्षेत्रमा यो समस्या बढ्दै गएको हो । गाईमा यस्तो लक्षण राप्ती नगरपालिकामा असारको अन्तिम हप्ता पहिलोपटक देखिएको थियो । अहिले यो रोग चितवनका अधिकांश किसानका गोठमा फैलिएको छ । यो रोग लागेपछि गाईको दुध उत्पादन क्षमतामा ह्रास आउछ । गाईमा यो रोग लागेपछि शरिरमा ठुला साना फोका देखा पर्दछन । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डा. दयाराम चापागाईंका अनुसार चितवनका ७ स्थानीय तह मध्ये ५ स्थानीय तहका पशुमा यो रोग देखिएको छ । भरतपुर महानगरपालिकामा १ सय ३२, राप्तीमा ११ सय ९१, खैरहनी नगरपालिकामा ७ सय ६५, रत्ननगरमा १ हजार र कालिका नगरपालिकामा २९ सय ५२ पशुमा यो रोग देखिएको छ । अहिलेसम्म जिल्लामा २४ वटा पशु यही रोगका कारण मरिसकेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित