FLASH NEWS
- Loading...
अन्नपूर्ण गाउँपालिकामा आलुको बीउ वितरण
- कृषि टि.भी.
- २ साल अघि
- १६ पटक पढिएको


कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थानीयवासीलाई उत्पादनसँग जोड्ने लक्ष्यका साथ ११ वटै वडामा १८ हजार किलोग्राम आलुको बीउ वितरण सुरु गरेको छ । उत्पादनतर्फ जोड्दै आत्मनिर्भर बनाउने सोचका साथ ४० प्रतिशत गाउँपालिकाको अनुदान सहयोग एवम् ६० प्रतिशत कृषकको सहभागितामा आलुको बीउ वितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ । बीउ वितरणको लागि काभ्रेबाट १८ हजार किलोग्राम एमएस ४२ जातको आलुको बीउ खरिद गरेको गाउँपालिकाले वडा नं १ देखि आलुको बीउ वितरण सुरु गरेको हो । सबै वडामा वितरण कार्य भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले अघिल्लो वर्ष १२ हजार किलोग्राम आलुको बीउ वितरण गरेकोमा राम्रो उत्पादन भएसँगै स्थानीवासी आलु खेतीतर्फ आकर्षित बनेका छन् ।।


प्रतिक्रिया दिनुहोस
