- Loading...
मोरंगको सुन्दरहरैंचा नगरपालिका कृषिमा आत्मनिर्भर बन्दै
- कृषि टि.भी.
- २ साल अघि
- २६ पटक पढिएको


स्थानीय तहको पुनः संरचना पछि मोरंगको सुन्दरहरैंचा नगरपालिका कृषिमा आत्मनिर्भर बन्दै गएको छ । कृषकहरुलाई कृषिमा आत्मनिर्भर र प्रविधिमैत्री बनाउन नगरपालिका लागिपरेको छ । उत्पादनमा अनुदान लगायत विभिन्न तालिम साथै प्राविधिक भौतिक सामग्रीहरु समेत नगरपालिकाले वितरण गर्दै आएको छ ।

नगरपालिकाले समय समयमा दिदै आएको धान, तोरी , गहुँ, मकै लगायतका बिऊ अनुदान संग संगै अब ड्राइगन फ्रुट्स र राम बुटन फल र फुल खेतिका लागि कृषि शाखा मार्फत अनुदान दिएको छ। साथै अब अन्नबालिको रुपमा उन्नत जातका गहुँ बिउका लागि ५० प्रतिसत अनुदानमा ६ हजार ५ सय केजी उन्नत बिउ वितरण गरेको छ। यस अघि सुन्दरहरैचा नगरपालिका नगर प्रमुख शिव प्रसाद ढकालले सोहि नगरको वडा (११ मा रेणु प्रसाद श्रेष्ठलाई ड्राइगन फ़्रुटस लगाउन प्रोत्साहन गरे संगै श्रेष्ठ सफल भएपछी अहिले सुन्दरहरैंचामा यसको खेति गर्ने ब्यबसायिक किसानको माग बढेको छ। १२ जना किसान १ कठा माथि गर्नेको लागि ३७ सय २० वटा बिरुवा ड्राइगन फ्रुट्स ३ लाख ७२ हजारको खरिद गरि सतप्रतिसत अनुदानमा बितरण गरेको छ भने रामबुटन २८ वटा १ हजारको दरले खरिद गरि वितरण गरेको कृषि शाखा प्रमुख फडिन्द्र भट्टराई बताउछन।
अनुदान कार्यक्रममा नगर प्रमुख ढकालले किसानहरुको गुनासो र समस्या सुन्दै उनीहरुको समस्याको सम्बोधन समेत गर्दै यस्तो किसिमको कार्यक्रम प्रति किसान सन्तुष्ट भएको देखन सकिन्छ। तर नयाँ आधुनिक खेति प्रणालीकोबारेमा प्राबिधिक जानकारी आवश्यक रहेको किसानको मत रहेको छ।
अनुदान पाएको उन्नत बिउबाट किसानले उत्पादन गरेको बिउ समेत बिक्रि गर्ने ब्यबस्था तथा नगरले खरिद गरिदिए ब्यबस्था भए सहज हुने किसानको भनाई छ।
नगरले किसानको उत्पादित बस्तुको लागि कोल्ड स्टोरेजको ब्यबस्थापन गर्न गछियामा बनाउने भएको छ भने बजार ब्यबस्थापन गर्नका लागि मृगौलिया हरैंचा बेलेपुर लगायतको बजार ब्यबस्थित बनाउने नगरप्रमुख ढकालले जानकारी दिनुभयो। त्यसैगरि मल अभाव भईरहेको अबस्थामा सहकारीले आफ्ना शेयर सदस्यलाई प्राथमिकतामा राखेर मल वितरण गरेको गुनासो आइरहदा त्यस्ता गतिबिधि रोक्न र समानरुपमा किसानलाई मल बितरण नगरेको पाइएमा डिलर खारेज गर्ने बताउनुभयो। अर्को तर्फ किसानले तिर्दै आएको करको दायरा घटाउदै लागेको छ भने १ बिघा भन्दा बढी कृषि योग्य जमिन प्रयोजन गरेको हकमा ५० प्रतिशत कर छुट गरेको छ।
नगरपालिकाले अनुदान संगसंगै किसानका लागि कृषि प्राबिधिक कार्यक्रम मार्फत् किसानलाई हौसला बढाउँन सके सुन्दरहरैंचा कृषि क्षेत्रमा आत्मनिभर बन्न सक्छ भने बजार ब्यबस्थापन र समयमै बिउ बिजन मल ब्यबस्थापनमा हुन सके नगरप्रतिको बिश्वास अझ बढ्नेछ।

