- Loading...
तनहुँमा धान उत्पादनमा वृद्धि हुने
- कृषि टि.भी.
- २ साल अघि
- २३ पटक पढिएको

|The intensity and pattern of rainfalls has affected the cultivation of rice, the main product in Udaipur area and source of income of thousands of families. According to farmers in the region, the last 15 years have been very dry and their production has been decaying approximately 3% per year, according to Ram Basnet (coordinator of NIDS). However, 2016 was an exceptional year with more rain and consequently better production. Because of the growing challenges faced specially in the cultivation of rice, several households have members of the family who migrated to work abroad in other sectors. In most cases it is the men of the family that leave and send remittances from abroad. Udayapur, Nepal, is one of the regions in the country vulnerable to the impacts of climate change. Several families have lost their houses and livelihoods due flooding. They also face difficulties with their plantations because of changes on rain patterns.

अनुकूल मौसम र उपयुक्त बीउ प्रयोगका कारण यो वर्ष तनहुँमा धान उत्पादनमा वृद्धि हुने भएको छ । कोभिड–१९ का कारण गाउँ फर्किएर धान खेती गर्ने कृषकको सङ्ख्या बढेसँगै जिल्लामा धान उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रका अनुसार विगतका वर्षभन्दा यो वर्ष धान खेती गर्ने क्षेत्रफलमा पनि वृद्धि भएको छ । गत वर्ष १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा यो वर्ष १२ हजार चार सय हेक्टर क्षेत्रफलमा धान खेती भएको हो । गत वर्ष जिल्लामा एक लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष ४८ हजार मेट्रिक टन बढी धान उत्पादन हुने अनुमान गरिएको छ । जिल्लाका कृषक यतिबेला असारमा लगाएको धानबाली भित्र्याउन व्यस्त छन् । अधिकांश कृषकले खेतमा धान काटिरहेका छन् भने कतिपयले धान भित्र्याएर गहुँ पनि छरिसकेका छन् । त्यस्तै जिल्लाका कृषकले धान भित्र्याउन कृषि उपकरणको प्रयोग गर्न थालेका छन् । जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्र धान खेतीका लागि प्रख्यात मानिन्छन् । जिल्लाका कृषकले सावित्री, मकवानपुर ेलगायत उन्नत जातका धान खेती लगाउने गरेका छन् ।।


