- Loading...
कञ्चनपुरमा सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद सुरु
- कृषि टि.भी.
- २ साल अघि
- २३ पटक पढिएको


कञ्चनपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले टोकन प्रणालीबाट धान खरिद सुरु गरेको छ । सरकारले गत असार महिनामै तोकेको समर्थन मूल्य अनुरूप कञ्चनपुरमा टोकन प्रणालीबाट धान खरिद सुरु गरिएको हो । कम्पनीले यस वर्ष कञ्चनपुरमा सात हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । धान खरिदका लागि टोकन प्रणाली अपनाइएको बताउँदै किसानले धान ल्याउनुपूर्व टोकन बुकिङ्ग गर्नुपर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगरले जनाएको छ । कम्पनीले विगतमा जिल्लाका अन्य ठाउँमा समेत धान खरिदका लागि केन्द्रहरु स्थापना गर्ने गरेपनि कर्मचारी र भौतिक पूर्वाधारको अभावमा यसवर्ष भने महेन्द्रनगरस्थित कार्यालयमा मात्रै धान खरिद गर्ने जनाएको छ । सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ तोकेको थियो ।।


