- Loading...
कृषकलाई आकर्षित गर्न मकवानपुरगढी गाउँपालिकाद्धारा खाद्यान्न बिक्रीमा अनुदान
- कृषि टि.भी.
- २ साल अघि
- २३ पटक पढिएको


कृषकलाई आकर्षित गर्ने उद्देश्यले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले खाद्यान्न बिक्रीमा अनुदानको व्यवस्था गरेको छ । किसानलाई खेतीतर्फ आकर्षित गर्न खाद्यान्नमा अनुदान दिन लागेको हो । संघीय, प्रदेश वा स्थानीय सरकारले निर्धारण गरेको समर्थन मूल्यमा खाद्यान्न बेच्ने किसानलाई गाउँपालिकाले प्रतिकिलो २ रुपैयाँका दरले अनुदान वितरण गर्ने जनाएको छ । गाउँपालिकाले सहकारी संस्थामार्फत खाद्यान्न खरिदबिक्री गर्ने गरी अनुदानको कार्यक्रम घोषणा गरेको हो । गाउँपालिकाभित्रकै सहकारी संस्थालाई खाद्यान्नमा अनुदान कार्यक्रम कार्यान्वयनका लागि सूचीकृत हुन समेत सूचित गरिएको छ । यसरी गाउँपालिकामा सूचीकृत भई किसानको खाद्यान्न खरिद गर्ने सहकारीले पनि प्रतिकिलो २ रुपैयाँ अनुदान प्राप्त गर्नेछन् । किसानसँग किनेको खाद्यान्नको भण्डारण र व्यवस्थापन गर्न सहकारीलाई प्रतिकिलो २ रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको हो ।।


