FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • छठ अघि सबै रकम भुक्क्तानी नभएर मंसिर २७ गतेदेखि आन्दोलन गर्नेे चेतावनी

    • कृषि टि.भी.
    • २ साल अघि
    • २० पटक पढिएको
    छठ अघि सबै रकम भुक्क्तानी नभएर मंसिर २७ गतेदेखि आन्दोलन गर्नेे चेतावनी

    उखु किसानहरुले छठपर्वभन्दा अघि आफुहरुको सम्पूर्ण रकम भुक्तानी नभए मंसिर २७ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    आइतबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई स्मरणापत्र बुझाउँदै उनीहरुले सबै बक्यौता भुक्तानी नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

    उखु मिलहरुले आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा उखु मिलहरुले ढिलाइ गरेको आरोप लगाएका छन् । उखु किसानहरुसँग गत वर्ष माघ महिना सरकारले गरेको लिखित सम्झौता कार्यान्वयन नभएको भन्दै समेत बताएका छन् ।

    किसानहरुको स्मरणपत्र बुझ्दै मन्त्री भट्टले उखु किसानहरुको सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिनुभयो । उहाले उखु किसानका भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गर्नका लागि गृह मन्त्रालयमा परिपत्र गरिने बताउनुभयो । बन्द भइसकेका मिलको जग्गा वा सम्पतीलाई बिक्री गरेर भएपनि भुक्तानी गराउन भूमि व्यवस्था मन्त्रालयमा जानकारी गराउने उहाले बताउनुभयो ।

    उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश कुमार मिश्रले आफ्नो उत्पादनको पैसा माग्न काठमाडौंमा धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताउनुभयो । यसअघि उद्योग मन्त्रालय र ऊखु किसान संघर्ष समितिबीच वि.सं. २०७६ साल पुष १८ गते ऊखु किसानहरूको भुक्तानी गर्ने पहल अघि बढाउने सहित पाँच बुँदे सम्झौता भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित