FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषिमा आत्मनिर्भरको लागि रणनीतिक योजना ल्याउन एफएनसिसिआईका नेतृत्वलाई कृषि उद्यमीको सुझाव

    • कृषि टि.भी.
    • २ साल अघि
    • १९ पटक पढिएको
    कृषिमा आत्मनिर्भरको लागि रणनीतिक योजना ल्याउन एफएनसिसिआईका नेतृत्वलाई कृषि उद्यमीको सुझाव

    कृषि क्षेत्रमा सक्रिय रहेका व्यवसायीहरुले नेपालको कृषिलाई आत्मनिर्भर बनाउने गरी आगामी दिनमा रणनीतिहरु ल्याउन नेतृत्वलाई सुझाब दिएका छन् ।

    आज आयोजित कृषि क्षेत्रमा रहेका चुनौती र अवसरहरु विषयक छलफलमा आगामी नेपाल उद्योग बाणिज्य महासंघ ९एफएनसिसिआई०को निर्वाचनमा वस्तुगत उपाध्यक्ष तथा सदस्यमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरुसँगको छलफलका क्रममा कृषि उद्यमीहरुले आत्मनिर्भर कृषि रणनीति बनाउने गरी का मगर्न जोड दिएका हुन् ।

    कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघमा वस्तुगत तर्फका उम्मेदवार तथा उद्यमी अन्जन श्रेष्ठले आगामी दिनमा आत्मनिर्भर हुने किसिमले महासंघले कामगर्ने र त्यसको लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । उनले अहिले कृषि प्रधान देश भनिएपनि अधिकांश कृषि उपज आयात गर्नुपर्ने अवस्था रहेको भन्दै आफू निर्वाचित भएपछि कृषिलाई प्राथमिकतामा राखेर आत्मनिर्भर बनाउँदै निर्यातमुखी बनाउने योजना रहेको बताए ।

    उनले भने, ‘अहिले कृषि क्षेत्रमा उत्पादन देखि बजारसम्ममा समस्या र अवरोधहरु देखिएको छ, अझ पूर्वाधारको अभावले गर्दा चाहेअनुसारको उत्पादन समेत गर्न सकिएको छैन्,’
    उद्यमी श्रेष्ठले सरकारले कृषि उत्पादनका लागि आवश्यक पर्ने उपकरण र प्रविधिमा सरकारको सहयोग आवश्यक रहेको भन्दै त्यसमा आफूले सक्दो पहल गर्ने बताए ।

    कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अहिलेसम्म कुनैपनि नेपाली किसान कृषिकर्मबाट धनी हुन नसकेको भन्दै आगामी दिनमा कृषिको उत्पादकत्व बढाउन ध्यान दिनुपर्ने जोड दिए ।

    ‘कृषिको उत्पादकत्व कम छ र नाफा कम हुँदा किसान धनी हुन सकेका छैनन् त्यसैले उत्पादकत्व बढाउनुको विकल्प छैन्, उत्पादकत्व बढाउन हाम्रो भौगोलिक र जैविक विविधतालाई बृहत उपयोग गरौं,’ वरिष्ठ उपाध्यक्ष गोल्छाले भने ।
    त्यसैगरि आउँदो निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले कृषिमा कन्ट्र्याक्ट फार्मिंग र भूमि बैंकको अवधारणलाई अगाडि बढाउन आफू पहिलेदेखि नै सक्रिय रहेको जानकारी दिँदै कृषिमा आगामी ४ वर्षमा आत्मनिर्भर बनाउन र परिणाममुखी बनाउन रणनीति नै तयार पार्न लागेको बताए ।
    नेपाल विउ बिजन संघका निवर्तमान अध्यक्ष मित्र पौडेलले कृषिमा नीजि क्षेत्रको मात्र सक्रियता रहेको भन्दै सरकार सँधै पन्छिने गरेको गुनासो गरे ।

    उनले सरकारले कृषि उद्यम र अनुसन्धानलाई जोड्ने प्रयास मात्रै गर्दापनि उत्पादकत्व बढाउन सकिने र आत्मनिर्भर उन्मुख हुनसकिने भन्दै त्यसको लागि महासंघले सक्रिय पहल गर्नुपर्ने बताए ।

    पौडेलले कृषि क्षेत्रको लागि आवश्यक पर्ने जनशक्ति र शिक्षाको नै अभाव देखिएको भन्दै अहिलेसम्म कृषिका कुनै क्षेत्र आत्मनिर्भर नभएको दाबी गरे । उनले महासंघको आगामी नेतृत्वले किसानहरुको समस्यालाई समाधान गरेर अगाडि बढ्ने किसिमको हुनुपर्ने बताए ।

    कार्यक्रममा नेपाल जडिबुटी उत्पादक महासंघका अध्यक्ष गोबिन्द घिमिरेले महासंघको नेतृत्वले विगतमा गर्न नसकेको कार्य आगामी नेतृत्वले गर्नुपर्ने भन्दै आएका अनुदानहरु कसरी उपयोग भए भनेर हेरिनुपर्ने बताए । अध्यक्ष घिमिरेले अझैपनि रानीतिक र प्राविधिक चुनौती कृषि क्षेत्रको लागि रहेको भन्दै कृषि रणनीतिले कृषिको विकास गर्ने किसिमले महासंघको नेतृत्व अगाडि जानुपर्नेमा जोड दिए ।

    नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले दानामा आत्मनिर्भर भएको भनिएपनि अझै कच्चा पदार्थहरु पूर्णरुपमा आयातमा निर्भर रहेको बताए । उनले मकै र भटमास मात्रै पनि यहिँ उत्पादन गर्न सकिने देशले ३२ अर्ब भन्दा बढि बचत गर्ने र रोजगारी सिर्जना गर्न सकिने सुझाब दिए ।

    नेपाल फ्लोरिकल्चर एसोशिएसनका अध्यक्ष कुमार कसजुले नेपाली पुष्प उत्पादन प्रयोगमा आफूहरुले सँधै सक्रियरुपमा आवाज उठाईरहेको बताए । उनले कोभिडले असर पारेको कृषि क्षेत्रलाई अगाडि बढाउनेगरी महासंघको नेतृत्व जानुपर्ने भन्दै अहिलेसम्म कसैले नबोलेकोमा दुख व्यक्त गरे।

    कार्यक्रममा नेपाल पश्मिना उद्योग संघका अध्यक्ष दुगा बहादुर थापाले नेपालको कृषि नीतिहरु सहि भएपनि कायान्वयनको अवस्था निकै कमजोर भएको बताए । उनले सरकारले उत्पादकत्व बढाउन र सहजिकरणका लागि भूमिका खेल्नु्पर्ने भन्दै त्यसको लागि महासंघले पहल गर्नुपर्ने बताए ।

    कार्यक्रममा अन्य उद्यमी व्यवसायीहरुले समेत कृषिको विकास र उत्पादनलाई जोड दिनका लागि आगामी ससक्त नेतृत्वको खाँचो रहेको भन्दै त्यसको लागि आफूहरुले सक्दो प्रयास र सहयोग गर्ने बताएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित