- Loading...
मेवा खेतीमा किरा तथा रोगको प्रकोपले मोरङका किसान हैरान
- कृषि टि.भी.
- २ साल अघि
- १९ पटक पढिएको


राम्रो आम्दानी लिन सकिने आशाले मेवा खेती सुरु गरेका मोरगंको सुन्दरहरैचाका किसानहरुले किरा तथा रोगका कारण सोचे अनुसार आम्दानी लिन नसकेको गुनासो गरेका छन । छिमेकी मुलुक भारतको कलकत्ताबाट विरुवा ल्याएर मेवा खेती सुरु गरे पनि विरुवा लगाएको समयमा फौजी किराले क्षति पुर्याएको तथा फल लाग्न थालेपछि रोग लागका कारण सोचे अनुसार आम्दानी लिन नसकिएको गुनासो गरेका हुन ।

सुन्दरहरैचा नगरपालिका ६ सिरान टोलका ८ जना किसानहरुले ४ विघा जमिनमा रेडलेडी जातको मेवा खेति लगाएका छन । यसै वर्ष देखि व्यवसायिक मेवा खेती सुरु गरेका किसानहरुले कोरोनाका कारण समेत बजार पाउन नसकेको गुनासो गरेका छन । मुख्य गरी काठमाडौंमा मेवाको माग हुने गरेपनि कोरोनाका कारण पठाउन नसकिएको तथा हाल सम्म पनि सहज नभएको कारण इटहरीकै व्यापारीहरुलाई विक्री गर्ने गरेको मेवा किसान प्रकास पाख्रिन वताउछन ।।
एकातर्फ सहज बजारको अवस्था नपाउँदा समस्यमा परेका किसान अर्कोतर्फ मेवा खेतीमा किरा र रोग लाग्दा समेत सोचे अनुसार आम्दानी लिन नसकेको बताउँछन् । मेवा खेतीमा किरा तथा रोग लागेपछि नगरपालिकासंग समन्वय गरिएपनि नगरपालिकाले खासै चासो नदिएको उनीहरुले गरेका छन् ।
६ कठ्ठा क्षेत्रफलमा मेवा लगाएका कविनले ५० हजारको विक्री गरिसकेको छन् भने अफै डेढ दुइ लाख मूल्य बराबरको मेवा विक्री गर्न बाँकी छ । यता सुन्दरहरैचा नगरपालिका वडा नम्बर ६ का सदस्य डम्वर थापाले अहिले मेवा किसानहरुका लागि केही गर्न नसकिएपनि आगामी दिनमा नगरपालिकाबाट सहजिकरण गर्ने बताउँछन् ।
थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने बालीका रुपमा रहेको मेवा खेतीलाई प्रोत्साहन गर्न वडा तथा नगरपालिकाको तर्फबाट कृषि विज्ञहरुको समेत सहभागिता गराएर सहजिकरण गर्न आवश्यक छ ।

