
- Loading...
बाग्लुङमा रैथानेबाली संरक्षण र प्रवद्र्धनका लागि नगरपालिकाको सहयोग
- कृषि टि.भी.
- २ साल अघि
- १९ पटक पढिएको


बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाले रैथानेबाली उत्पादनमा प्रोत्साहन गर्न किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । ढोरपाटनमा उत्पादन हुने कोदो, उवा र जौ लगायत रैथानेबालीको संरक्षण र प्रर्वद्वनका लागि नगरपालिकाले लगानी बढाएको हो । किसानले परम्परागत अन्नबाली कोदोको सट्टा अन्यबाली लगाउने गरेका कारण यसको उत्पादनमा कमी आउन थालेपछि नगरपालिकाले तीन वर्षअघिदेखि कोदोबाली संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । किसानलाई प्रविधि, उपकरण र बीउको प्रबन्ध गरेर कोदोबालीको प्रर्वद्धनका कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिका कृषि शाखाले जनाएको छ । किसानको मागका आधारमा नगरपालिकाले प्रक्रिया पूरा गरेर सामग्री दिने गरेको छ । त्यहाँका किसानले उत्पादन गरेको कोदो, काठमाडौँ, पोखरा, बुटवललगायतका शहरसम्म पुग्छ । ढोरपाटनको मुख्य बाली नै कोदो हो । त्यसका अलवा यहाँ जौ र उवा धेरै फल्छ । नगरको तथ्याङ्क अनुसार, अहिले ढोरपाटनमा १० मेट्रिक टन कोदो फलेको छ ।।


