
- Loading...
भौंगोलिक बिकटताका कारण किविको बजारीकरणमा समस्या
- कृषि टि.भी.
- २ साल अघि
- ३० पटक पढिएको


मोरङको केरावारी २ सिहदेविका नारायण राईले ६ रोपनी पाखो बारीमा किवी खेती गरेको ७ बर्ष भयो । राई जिल्लाकै पहिलो किवि उत्पादन गर्ने किसान समेत हुन् । भौगोलिक बिकटता भएपछि बजार सम्म पुर्याउन समस्या भएपछि राइले आफै किविको वाईन बनाउन थालेका छन् ।

मोरङको केरावारी २ सिहदेवि ९जेफाले०का नारायण राईले ६ रोपनी पाखोबारीमा किवी खेती गरेको ७ बर्ष भयो । राई जिल्लाकै पहिलो किवि उत्पादन गर्ने समेत किसान हुन् ।भौगोलिक बिकटता भएपछि बजार सम्म पुर्याउन समस्या भएपछि राइले आफै किविको वाईन बनाउन थालेका छन।
यी हुन् मोरंग केराबारी (२ सिंहदेविका नारायण राई। कालो झार मात्रै उम्रने वारीमा फाडफुड गरेर राईले मकै कोदो रोप्नु भयो । मकै कोदो समेत दुम्सीले खाएपछि राईले काठमान्डौ वाट ५ वटा किविका बिरुवा ५ सय रुपैया प्रति गोटाले किनेर रोप्नु भयो ।
उहाँले रोपेको किवि ३ बर्षमा फल्न थाल्यो भने त्यहि बाट नयाँ बिरुवा थपेर अहिले १ सय बोट भन्दा बढि किवि लटहरम्म फल्न थालेको छ । ५० रोपनिलाई पुग्ने गरी राईले किविको नर्सरी राख्नु भएको छ । सुगम जिल्लाकै दुर्गम मानिने जेफालेमा उत्पादन भएका बस्तुहरु बजार सम्म पुर्याउन समस्या हुन्छ । जेफालेको सबै भन्दा नजिकको बजार धनकुटाको राजारानि हो भने मोरङको केरावारी हो । दुवै ठाँउमा पुग्न समस्या रहेको छ । बजार सम्म पुर्याउदा ३ सय रुपैया किलो सम्मले बिक्रि हुन्छ राईले भने बोट बाटै २ सय रुपैयामा विक्रि हुन्छ । बर्षमा ७ सय कुईन्टल भन्दा बढि उत्पादन हुने गरेको राइले बताउनुहुन्छ । लगाएको तेस्रो वर्षबाट कविले फल दिने गरेको छ । एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ । समुद्री सतहदेखि १५ सयदेखि दुई हजार मिटरको उचाइमा किवी खेती गर्ने गरिन्छ । भिटामिन सीलगायत पौष्टिक तत्त्व पाइने किवी चिनी रोगका बिरामीका लागि लाभदायक मानिन्छ पाचन प्रक्रियालाई सहयोग गर्ने किवीबाट जाम र वाइन बनाउन सकिन्छ ।
अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालीमा ठेकी फल भनेर समेत रूपमा चिन्ने गरिएको छ। किवी चीनमा विकास भएको फलफूल हो। न्युजिल्याडले किवीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलिसान, टोमरी, मन्टी जातको किवीको बिरुवाको मूल्य सरकारी दररेट अनुसार प्रतिगोटा एक सय रुपैयाँ छ राइ बताउनुहुन्छ । स्थानीय बजारमा मुल्या उचित नभए पनि अन्तराष्ट्रिय बजारमा यसको माग राम्रो छ।
भौगोलिक बिकटता भएपछि बजार सम्म पुर्याउन समस्या भएपछि राइले आफै किविको वाईन बनाउन थालेका छन । बजारमा पुर्याउननै समस्या छ राईको श्रीमती खजुम बिना राई भन्नुहुन्छ बजारमा पुर्याएपछि आफुले सोचेको मुल्यमा बिक्रि हुदैन। । राईको घरमा हामस्टे समेत छ । होमस्टेमा बस्नेपाउनालाई राई परिवारले त्यहि वाईन दिन्छन । मोरङमा राई किवि खेति गर्ने एक्ला कृषक हुन ।
त्यहाँको अन्न वालिमा रसायनिक मल कृषकहरुले प्रयोग गर्दैन्न । ९ घरमा सामुदायिक होमस्टे राखिएको छ । तहाँ आउने पर्यटकलाई दाल भात तरकारी सिस्नो ढिडो, लोकल, कुखुरा, खसीको मासु खानामा दिईन्छ भने इस्कुस फर्सी, मकै भट्मास खाजाकारुपमा दिईनछ । यस्तै त्यहि उत्पादन गरीएको वाईन, चिया पेय पदार्थका रुपमा दिने गरीएको होमस्टे संचालकहरु बताउछन् ।

