- Loading...
ह्याचरी मेसिन बनाएका झापाका संजय बास्तोलालाई नगरपालिकाबाट प्रोत्साहन
- कृषि टि.भी.
- २ साल अघि
- १३ पटक पढिएको


झापा अर्जुन धारा नगपालिकामा एक युवाले ह्याचरी मेसिन आविष्कार गरेको छन् । २१ वर्षका संजय बास्तोलाले ह्याचरी मेसिन बनाएर नगरपालिकाबाट समेत प्रोत्साहन पाएका छन् ।।

झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा (५ मा बस्ने २१ बर्षका यी हुन् संजय बास्तोला। मेहनती र इमान्दारिता अनि लगनशील सानै उमेरमा ह्याचरी मेशिनको निर्माण गरेका छन। लाखौँ युवा बिदिशिएको अवस्थामा उनको परिवार कृषि कर्ममै व्यस्त छन्। कुखुराबाट कसरी चल्ला काढ्न सकिन्छ भनेर अथक मेहनतले उनको सपनालाई साकार बनायो। लकडाउनको बेलामा खालि समयमा कुखुराले ओथारा नबस्दा आफैले नयाँ कुराको आविष्कार गरे। सुरुमा बुवाले हुदैन गर्न सक्दैन भन्दा भन्दै संजयले ह्याचरी मेसिनको निर्माण गरेका छन ।
कृषि फर्ममा टर्की, बटाई, लोकल कुखुरा माछा, बाख्रापालन समेत गर्दै आएका छन्। टर्की, खुखुरा र बटाईको लागि आफैले बनाएको ह्याचरी मेसिनबाट चल्ला समेत उत्पादन गरेर बिक्रि गर्ने गर्दछ। ह्याचरी मेसिन निर्माण सगै अरुलाई प्रशिक्षण समेत दिएर यो मेसिन बेच्ने गर्दछ। अहिले आफैले बनाएको मेसिन बिक्रि मूल्य एक थान बराबर ७० हजार रहेको र १ बर्ष वारेन्टी र हाइ क्वालिटी रहेको दाबि गर्छन।
अहिलेको आधुनिक र प्राबिधिक युगमा यस किसिमको उदाहरणीय काम प्रति बास्तोला जस्तो युवाले परिमाणमुखी भन्दा गुणात्मक शिक्षामा जोड दिएको स्थानिय डम्बर घिमिरे बताउछन। उनको फर्ममा उत्पादित चल्लाको माग राम्रो छ। बजारमा पुर्याउन नसकेको बताउछन।
अर्जुनधारा नगरपालिकाले समेत उद्धमी युवाको प्रतिभा देखेर प्रोत्साहन गर्दै नगरका प्रमुख, उपप्रमुख सहितको टोलि पुगेर प्रोत्साहन गरेको छ भने यस्ता नाबितम सृजना गर्ने सृजनशील युवालाई प्रोत्साहन गर्न समेत जरुरि छ।
असम्भव भन्ने कुरा के नै छ र बस सपनालाई निदाउन दिनुहुदैन। सृजशील र रचनात्मक कार्य गर्ने यस्ता युवालाई राज्यले प्रोत्साहन र हौसला बढाउँन जरुरि छ।

