- Loading...
चालु आर्थिक बर्षको पहिलो ४ महिनामा वस्तु आयात १० प्रतिशतले घट्यो
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको


चालु आर्थिक बर्ष २०७७÷७८ को पहिलो ४ महिनामा वस्तु आयात १० प्रतिशतले घटेको छ । भने वस्तु निर्यात पनि १० प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो ४ महिनामा वस्तु आयात १० प्रतिशतले घटेको छ । साउनदेखि कात्तिकसम्मको अवधिमा कूल वस्तु आयात १० प्रतिशतले घटेको छ भने सोही अवधिमा १० प्रतिशतले नै वस्तु निर्यात बढेको भन्सार विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार पहिलो ४ महिना अवधिमा ४ खर्ब २ अर्ब रूपैयाँको वस्तु आयात भएको छ । जुन गत वर्षको सोही अवधिमा ४ खर्ब ५० अर्ब रूपैयाँ बराबरको आयात भएको थियो । यसैगरी ४० अर्ब २० करोड रूपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको यही अवधिमा कूल ३६ अर्ब २७ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
कात्तिक महिनामा १ खर्ब १० अर्ब रूपैयाँको वस्तु आयात भएको छ । जुन गत वर्षको भन्दा ४.४५ प्रतिशतले कमी हो । कात्तिकमा ९ अर्ब १५ करोड रूपैयाँको वस्तु निर्यात भएको छ भने गतबर्ष सोही अवधिको तुलनामा २ दशमल ३ प्रतिशतले धेरै । वस्तु आयात १० प्रतिशतले घटेको छ भने राजस्व संकलन ०.५८ प्रतिशत कम छ । गत वर्ष पहिलो ४ महिनामा १ खर्ब २२ अर्ब ९७ करोड रूपैयाँ राजस्व भन्सार संकलन भएकोमा यो वर्ष १ खर्ब २२ अर्ब २५ करोड रूपैयाँ भन्सार राजस्व संकलन भएको छ ।

