FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चाँडै आम्दानी लिन किसानहरु वैकल्पिक खेतीको खोजी गर्न थाले

    • कृषि टि.भी.
    • २ साल अघि
    • २२ पटक पढिएको
    चाँडै आम्दानी लिन किसानहरु वैकल्पिक खेतीको खोजी गर्न थाले

    पछिल्लो समय किसानहरु वैकल्पिक खेतीको खोजी गर्न थालेका छन् । ताप्लेजुङका किसान यतिबेला परम्परागत बालीलाई मास्दै नगदे बालीतर्फ आकर्षित हुन थालेका छन् । थोरै मेहनत र राम्रो आम्दानी हुने लोभमा पछिल्लो समय व्यावसायिक रुपमा नगदेबाली रोजाइमा पर्न थालेको हो । तर, बजारीकराण्मा भने समस्या हुँदै आएको छ । उत्पादन भएर पनि बजार नपाउँदा तेह्रथुम छथर सुदापका किवी किसानहरु यतिबेला चिन्तित बनेका छन् । गतवर्षसम्म राम्रो मूल्यमा बिक्री हुँदै आएको किवी यो वर्ष बिक्री हुने सिजन बित्न लाग्दा पनि बिक्री भएको छैन । बगानमा लटरम्म फलेको किवी बिक्री नहुँदा सोचे जस्तो आम्दानी लिन सकेका छैन । घमाइलो तथा मलिलो माटोमा खेती हुने किवीबाट राम्रै आम्दानी लिन सकन्छि । तर, एउटै बगानबाट वर्षको ३ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने भएपनि किवी बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । स्थानीय स्तरमा उत्पादित वस्तुको बजारीकरण हुन नसक्दा उत्पादन भएर पनि किसानहरुले आम्दानी लिन सकेका छैनन् । किसानको समस्यालाई मध्यनजर गर्दै बजारीकरणमा सरकारले चासो दिन सके गाउँमै उत्पादन भएको कृषि उपजबाट राम्रो आम्दानी हुनेमा दुई मत छैन ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित