- Loading...
सञ्चार क्षेत्रमा भन्दा कृषिमा बढी समय विताउँदै सुनसरीकी सुभद्रा प्याकुरेल
- कृषि टि.भी.
- २ साल अघि
- १९ पटक पढिएको


नेपालमा कृषि पेशा पनि उत्कृष्ट पेशाको रुपमा परिणत भइरहेको अवस्था छ। कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गर्न यूवा वर्गको पनि उतिकै योगदान छ। यसैमा नेपाल पत्रकार महासंघ सुनसरीकी महिला उपाध्यक्ष सुभद्रा प्याकुरेल कृषि कर्ममा व्यस्थ छिन् । पछिल्लो समय उहाँ सञ्चार कर्ममा भन्दा बढी कृषिमा समय बिताउन थालेकी छन् ।

कोरोना कहरबाट सबै क्षेत्र प्रभावित भई रहेको समयमा पत्रकारिता क्षेत्र समेत अछुतो रहन सकेन । सञ्चार गृह देखि सञ्चारकर्मीहरु समेत प्रत्यक्ष रुपमा प्रभावित बनी रहेका छन । कोरोना कहरकै कारण पत्रकारिता गरेर आर्थिक उपाजन गर्न समस्या हुन थालेपछि केही पत्रकारहरुले बैकल्पीक व्यवसाय अपनाउन थालि रहेको समयमा पत्रकार महासंघ सुनसरीकी उपाध्यक्ष प्याकुरेल र उनका श्रीमान पत्रकार महासंघ सुनसरीका पुर्व सचिव बाबुराम सुवेदीले समेत बैकल्पीक पेशाका रुपमा कृषिलाई अगाल्न थालेका हुन ।लकडाउनको समयमा फिल्डमा गएर काम गर्न सक्ने वातारण नभएको कारण पत्रिका समेत बन्द रहेको समयमा, सुरुमा सब्जी खेती गरेर आफुहरुलाई खाना पुग्न थालेपछि उत्साहित भएर नर्सरी व्यवसाय सम्म आइपुगेको प्याकुरेल वताउछिन । उनी पत्रिकावाट आउने विज्ञापनवाट चल्ने अवस्था रहेकोमा पत्रिका बन्द भएपछि चल्ने अवस्था ठप्प भए संगै आम्दानीका लागि थोरै जग्गाबाट आम्दानी लिन सकिने काम रोजेको सुनाउछिन । आर्थिक रुपमै प्रत्यक्ष असर परेपछि आर्थिक उपार्जनकै लागि नर्सरी सुरु गरेको प्याकुरेले जानकारी दिइन ।
युवा पत्रकार दम्पतीको कामले अन्य युवाहरुलाई समेत प्रेरणा प्रदान गरेको भन्दै स्थानीय फुलराज सुवेदी पुरानो खाले कृषि गर्ने ठाउँमा नयाँ तरिकाले कृषि गर्नु पर्छ भनेर विभिन्न किसिमका विरुवा ल्याएर उन्नतशित वनाउने काम थालेको भनेर प्रशंषा गर्दछन ।
सुवेदी दम्पतीले इटहरी २ मा उपहार कृषि फर्म सञ्चालन गरि च्याउ साथै फलफूल , तरकारी , फूल आदिका विरुवाहरु उत्पादन गरि विक्री गर्न थालेका छन । यसबाट अरुले समेत पाठ सिक्न जरुरि छ ।

