FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ट्रेन्च प्रविधिबाट उखुखेती गर्ने किसानलाई अनुदान

    • कृषि टि.भी.
    • २ साल अघि
    • २० पटक पढिएको
    ट्रेन्च प्रविधिबाट उखुखेती गर्ने किसानलाई अनुदान

    जिल्लाको गोडैता नगरपालिका–५ स्थित महालक्ष्मी चिनी उद्योगले ट्रेन्च प्रविधिबाट उखु खेती गर्न किसानलाई अनुदान दिने भएको छ ।

    गोडैताका उखु उत्पादक किसानका लागि उद्योगले प्रतिबिघा रु चार हजार मूल्य बराबरको अनुदान दिने भएको हो ।

    आर्थिक वर्ष २०७५र७६ देखि सञ्चालनमा आएको सो उद्योगले ट्रेन्च प्रविधिबाट उखुखेती गर्न यहाँका किसानलाई प्रतिबिघा रु चार हजार अनुदानका साथै आवश्यक मात्रामा रासायनिक मल तथा विषादीसमेत निःशुल्क उपलब्ध गराउने उद्योगले जनाएको छ ।

    ट्रेन्च प्रविधिबाट खेती गर्दा ३० देखि ४० प्रतिशतसम्म उखुको उत्पादकत्वमा वृद्धि हुने बताइएको छ । ट्रेन्च प्रविधि भन्नाले आधुनिक हलोको मद्दतले ड्याम बनाएर उखुलाई रोपिने विधि हो ।

    यो प्रविधिबाट खेती गर्दा उखुको बोट र जरा विकसित बढी हुने भएकाले घाम, पानी, हावा तथा बाढीलेसमेत असर कम गर्ने कृषि प्राविधिक निरज बुढाथोकीले बताए।

    साना–साना ड्याम बनाएर त्यो ड्यामकोे बीच भागमा अन्तरबालीका रूपमा तोरी, आलु, लहसुन, मुसुरो, धनियाँ, मटर आदि खेती गर्न सकिने भएकाले किसानले यसबाट अतिरिक्त आम्दानी समेत लिन सक्ने उनको भनाइ छ ।

    सामान्य विधिबाट उखु लगाउँदा उर्बराशक्ति ३० देखि ३५ प्रतिशत मात्रै हुने गरेकोमा ट्रेन्च प्रविधिबाट खेती गर्दा यसको उर्बराशक्ति ८० देखि ९० प्रतिशतसम्म हुने गरेको कृषि प्राविधिक विनोद रानाले बताए ।

    “यस प्रविधिबाट उखुखेती गर्दा सिँचाइमा ६० प्रतिशतसम्म बचत हुन्छ”, उनले भने, “परम्परागत तरिकाभन्दा यो प्रविधिबाट खेती गर्दा लगानी, मेहनत र समयमा बचत हुनुका साथै यसको उत्पादन र उत्पादकत्वमा समेत वृद्धि हुने भएकाले किसानका लागि यो प्रविधि उपयोगी हुनेछ ।”

    यसैगरी यो प्रविधिले खेती गर्दा उखु बाँध्न सजिलो, हावाहुरीबाट कम ढल्ने, रोग कीरा कम लाग्ने, उखुमा चिनीको मात्रा अधिक हुने भएकाले तौलसमेत बढ्ने बताइएको छ ।

    परम्परागत तरिकाबाट खेती गर्दा किसानले प्रतिबिघा दुई सयदेखि २५० क्विन्टल उत्पादन गर्दै आएकोमा यो प्रविधिबाट खेती गर्दा प्रतिबिघा एक हजार ५०० देखि एक हजार ६०० क्विन्टल र कम्तीमा पनि ८०० क्विन्टल उखु उत्पादन गर्न सकिने कृषि प्राविधिक रानाको भनाइ छ ।

    यो प्रविधिबाट खेती गर्दा प्रतिबिघा ४।५ लाख भन्दा बढी आम्दानी गर्न सकिने महालक्ष्मी उद्योगका प्रमुख कार्यकारी निर्देशक कृष्णप्रसाद दासले बताए ।

    शरदकालीन उखुखेती गर्ने किसानलाई बढी उत्पादनका लागि उद्योगले छिटो उत्पादन हुने ९अर्ली भेराइटी० २३८, ११८, ९३०१ र ९८०१४ जातको उखुखेती गर्न प्रोत्साहित गर्नुका साथै उखु लिने समयमा कटा हुने गरी उखुको बीउसमेत निःशुल्क उपलब्ध गराउँदै आएको उद्योगले जनाएको छ ।

    उद्योगबाट प्रत्यक्ष रुपमा ३०० देखि ३५० जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रुपमा एक हजार जनाले रोजगारी पाएका छन् । चिनी उद्योगलाई मङ्सिर मसान्तसम्म सञ्चालन गर्ने लक्ष्य अनुसार काम भइरहेकोमा अहिले पनि उद्योगमा नियमित १२९ मजदूर निरन्तर काममा लागिरहेका उद्योगले जनाएको छ ।

    सर्लाहीमा तिनवटा उखु उद्योग भएपछि उद्योगलाई उखुको अभाव हुने गरेको छ । यहाँको उद्योगको प्रतिदिन क्रसिङ क्षमता २४ देखि २५ हजार क्विन्टल रहेकोमा आपूर्ति १५ देखि १६ हजार क्विन्टल मात्र हुने गरेको छ ।

    आर्थिक वर्ष २०७५र०७६ मा सर्लाहीमा २६ हजार हेक्टर क्षेत्रफलमा उखुखेती गरिएको उखु उत्पादक किसान महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनालीले बताए ।

    महालक्ष्मी उद्योगअन्तर्गत एक हजार ५०० हेक्टर उखुखेती मात्र हुने गरेको छ । सर्लाहीमा उखुको अभाव हुने हुँदा उद्योगहरु नगदमा भए पनि उद्योग सञ्चालनका लागि भारतबाट उखु आयात गर्न बाध्य हुने गरेका छन् । गतवर्ष महालक्ष्मी उद्योगले सात लाख क्विन्टल उखु क्रसिङ गरेको थियो । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित