FLASH NEWS
- Loading...
किसानलाई घाँसको बीउ वितरण
- कृषि टि.भी.
- २ साल अघि
- ३० पटक पढिएको


व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेपछि गल्याङ नगरपालिकाले किसानलाई घाँसको बीउ वितरण गरेको छ । नगरपालिकाको पशुसेवा शाखाको समन्वयमा किसानलाई घाँसको बीउ वितरण गरेको हो । पशुपालन गर्दै आएका किसानका उत्पादनमा सहयोग पुगोस् भनेर नगरपालिकाले किसान लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र सोही अभियानअन्तर्गत घाँसको बीउ वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकालाई दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यअनुसार बीउ वितरण गरिएको हो । हिउँदे घाँसअन्तर्गत जै र वर्षम जातका घाँसका बीउ वितरण गरिएको पशुसेवा शाखाले जनाएको छ । नगरपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर १५ का दरले अनुदान दिन थालेपछि किसानहरु व्यावसायिक पशुपालनतर्फ आकर्षित हुन थालेका छन् ।।


प्रतिक्रिया दिनुहोस
