FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • खडेरीको समस्या खेप्दै आएका सिरहा र सप्तरीका किसानलाई राहत

    • कृषि टि.भी.
    • २ साल अघि
    • १५ पटक पढिएको
    खडेरीको समस्या खेप्दै आएका सिरहा र सप्तरीका किसानलाई राहत

    वर्षेनी खडेरीको समस्या खेप्दै आएका सिरहा र सप्तरीका किसानलाई राहत पुग्ने गरी १२ डिप ट्युबवेल जडान भएको छ । भूमिगत जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय लहानले सिरहामा छ र सप्तरीमा छ थान डिप ट्युबवेल जडान गरेको हो ।
    कार्यालयले आव ०७६र०७७ मा सिरहाको मिर्चैया नगरपालिका– ११ सितापुर, सखुवानन्कारकट्टी गाउँपालिका– १ भोर, लक्ष्मीपुर पतारी गाउँपालिका– २ पोखरभिण्डा, मिर्चैया नगरपालिका– १ बिर्ता, बरियारपट्टी गाउँपालिका– २ खोक्सी र नरहा गाउँपालिका– ४ बलुवामा एक÷एक थान डिप ट्युबवेल जडान गरिएको कार्यालयका प्रमुख सुदर्शनप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    यस्तै सप्तरीको राजविराज नगरपालिका, रुपनी गाउँपालिका, कञ्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, अग्निसाइर कृष्णासबरण गाउँपालिका र कञ्चनरुप नगरपालिका– ८ धर्मेश्वरमा एक(एक थान गरी सप्तरीमा ६ थान डिप ट्युबवेल जडान गरिएको उहाँले बताउनुभयो ।

    त्यतै सो आवमा सिरहा र सप्तरीमा २६ थान स्यालो ट्युबवेल जडान गरेको कार्यालयले जनाएको छ । सो अवधिमा १४ वटा पम्पको मर्मत गरी पुनःसञ्चालनमा ल्याएको, १८ वटा वितरण प्रणाली तथा घर निर्माण गरिएको छ ।

    सिरहामा पाँच थान पावर ड्रिलसमेत जडान गरिएको कार्यालयका सूचना अधिकारी पुष्पराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार सो आर्थिक वर्षमा ती दुई जिल्लाका १६ स्थानमा विद्युतीकरण पम्प जडान गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित