- Loading...
नवनियुक्त कृषि सचिब डाक्टर योगेन्द्र कुमार कार्कीले गरे पदभार ग्रहण
- कृषि टि.भी.
- २ साल अघि
- २८ पटक पढिएको


कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सचिबमा डाक्टर योगेन्द्र कुमार कार्कीले पदभार ग्रहण गर्नुभएको छ ।सचिब कार्कीले सोमबार सिंहदरवारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नु भएको हो ।

सचिब कार्कीले पदभार ग्रहण गर्दै कृषि क्षेत्रमा भएको विकृति विसंगतीलाई चिर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो । कृषि टेलिभिजनसँगको कुराकानीमा कोरोना महामारीका कारण थला परेको कृषि क्षेत्रलाई उकास्न हर प्रयास गर्ने बताउनुभयो । सचिब कार्कीले लामो समयसम्म फाईल अड्काएर बस्दा काम ढिला सुस्ती हुने भएकोले आफ्नो कार्यकालमा बढीमा तीन दिन भित्र काम कारवाही सक्नेगरी अगाडी बढ्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले आफ्नो कार्यकालमा कुनै पनि कर्मचारी सरुवा नगर्ने प्रतिवद्धता समेत जनाउनुभयो । सचिब कार्कीले देशमा मल अभाव नभएको समेत जिकिर गर्नुभयो । बाहिर बजारमा हल्ला भएको जस्तो मल अभाव नभएको समेत उहाँले जिकिर गर्नुभयो । यस्तै पीडित उखु किसानको समस्या पनि यथासक्य समाधान गर्ने उहाँको भनाई थियो ।
सचिब कार्कीलार्ई कृषि क्षेत्रमा निकै अनुभवी मानिन्छ । उहाँले यस भन्दा अगाडी कृषि मन्त्रालयमै सहसचिब, बागमती प्रदेशको कृषि मन्त्रालयमा सचिब, कालीमाटी फलफूल तरकारी बजार प्रमुख लगायत जिम्मेबारी सम्हालि सक्नु भएको छ । सचिब कार्की अबको नौ महिना कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सचिबभएर जिम्मेबारी सम्हाल्नु हुने छ ।

