- Loading...
रुकुम पश्चिमका किसानहरू व्यावसायिक अलैंची खेतीमा आकर्षित
- कृषि टि.भी.
- २ साल अघि
- १५ पटक पढिएको


रुकुम पश्चिमका किसानहरू व्यावसायिक अलैंची खेतीमा आकर्षित भएका छन् । कम लगानी र परिश्रमबाट राम्रो आम्दानी हुने भएपछि रुकुमेली किसान व्यावसायिक अलैंची खेतीमा लागेका हुन् । धान, मकैजस्ता परम्परागत खेती प्रणालीभन्दा अलैंचीबाट तेब्बर आम्दानी बढी हुने भएपछि एउटै गाउँका ४० घरपरिवारले व्यावसायिक रुपमै यसको खेती गरिरहेका छन् । त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का ४० घरपरिवार ३ वर्षदेखि व्यावसायिक रुपमा अलैची खेतीमा संलग्न रहेका छन् । कम लगानी र परिश्रमबाट परम्परागत खेती प्रणालीभन्दा अलैंची खेतीबाट मनग्य आम्दानी हुने भएपछि एकै गाउँका ४० घरपरिवारले झन्डै ५० हेक्टर जमिनमा अलैंची खेती सुरु गरेका हुन् । जिल्लाको त्रिवेणी गाउँपालिका, चौरजहारी नगरपालिका र मुसीकोट नगरपालिकाका किसानले व्यावसायिक रुपमा अलैंची खेती गरेर प्रशस्त आम्दानी लिँदै आएका छन् । जिल्ला कृषि विकास कार्यालय रुकुम पश्चिमले जिल्लाको त्रिवेणी गाउँपालिकालाई अलैची पकेट क्षेत्र घोषणा गरी अलंैची प्रवद्र्धन गर्ने लक्ष्य रहेको जानकारी दिएको छ । यहाँ उत्पादित अलैंची देशका विभिन्न सहरका साथै भारतमा समेत निकासी हुने गरेको छ ।।


