FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • प्रदेश १ मा धान उत्पादन उत्साहजनक

    • कृषि टि.भी.
    • २ साल अघि
    • १८ पटक पढिएको
    प्रदेश १ मा धान उत्पादन उत्साहजनक

    प्रदेश नम्बर एकमा यस वर्ष धानको उत्पादनमा वृद्धि भएकाले किसान उत्साहित भएका छन् । समग्रमा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ९४ प्रतिशत मेट्रिकटन रहेको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

    प्रदेशमा कूल धान लगाउने क्षेत्रफल तीन लाख ४० हजार ८ सय २९ हेक्टर हो भने यस वर्ष अनुकूल मौसम, सिंचाइको राम्रो प्रबन्धले गर्दा विगत केही वर्षको तुलनामा यस वर्ष किसानले तीन लाख ३२ हजार ९ सय १७ हेक्टर जग्गामा धान लगाएका थिए । निर्देशनालयका अनुसार यस वर्ष ९७ दशमलव ६८ प्रतिशत रोपाइँ भएको थियो भने १३ लाख ११ हजार २ सय ४५ मेट्रिकटन धान उत्पादन हुने निर्देशनालयका प्रवक्ता सरसस्वती श्रेष्ठले जानकारी दिइन् । धानको उत्पादन हेरेर किसान उत्साहित छन् भने उचित मूल्य निर्धारण नभएका कारण किसानमा निराशा पनि देखिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

    चौध जिल्ला रहेको यस प्रदेशमा उच्च पहाडी जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु गरी २४ हजार १ सय १३ हेक्टर जग्गामा २३ हजार ६ सय ७७ हेक्टर जग्गामा रोपाइँ भइ कूल ६० हजार ७ सय १४ मेट्रिकटन धान उत्पादन भएको छ ।

    मध्य पहाडी जिल्ला पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ गरी ९० हजार ९ सय १६ हेक्टर जग्गामा ८८ हजार ७ सय ९० हेक्टर जग्गामा रोपाइँ भइ कूल दुई लाख ५५ हजार मेट्रिकटन धान उत्पादन भएको छ ।

    साथै तराईका झापा, सुनसरी, मोरङ गरी दुई लाख २५ हजार ८ सय हेक्टर जग्गामा दुई लाख २० हजार ४ सय ५१ हेक्टर जग्गामा धान रोपाइँ भई कुल नौ लाख ९५ हजार ३ सय ७७ मेट्रिकटन धान उत्पादन भएको प्रवक्ता श्रेष्ठले जानकारी दिइन् । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५र७६ मा कूल १२ लाख ६१ हजार ६ सय ६५ र आर्थिक वर्ष २०७६र७७ मा ११ लाख ९८ हजार ७ सय ४० मेट्रिकटन धान फलेको यो प्रदेशमा यो वर्ष सबैभन्दा बढी १३ लाख ११ हजार २ सय ४५ मेट्रिकटन धान उत्पादन हुनु कृषि क्षेत्रमा राम्रो सूचकका रुपमा लिन सकिन्छ ।

    यस वर्ष मनसुन प्रभाव राम्रो रहेका कारण धान उत्पादन राम्रो रह्यो तर आगामी वर्षमा मनसुनको अनुकूलता नभएमा रोपाइँ कम हुने भएको यसतर्फ सरकारले सिंचाइमा विशेष ध्यान दिनुपर्छ । सुनसरी मोरङ सिंचाइ योजनाले सुनसरी र मोरङको ४० हजार हेक्टर जग्गामा सिंचाइ सुविधा पु¥याएको छ जबकी सुनसरी र मोरङमा क्रमशः ५५ हजार र मोरङमा ५३ हजार ९ सय हेक्टर जग्गाा खेतीयोग्य छ । सिंचाइको प्रबन्धको हिसाब हेर्ने हो भने यी दुवै जिल्लाको एक लाख आठ हजार ९ सय हेक्टर जग्गामध्ये ४० हजार हेक्टरमा मात्र सिंचाइ सुविधा हुनु र बाँकी जग्गा वर्षा एवं कुलो पैनीमा मात्र निर्भर रहने कारणले कृषि क्षेत्रको विकास हुन नसक्ने सुनसरी औराबनीका कृषक रामप्रसाद यादवले बताए ।

    उनले सबै खेतीयोग्य जग्गामा बाह्रै महिना सिंचाइ सुविधा पु¥याउन सिंचाइको विस्तार गर्नुको विकल्प नरहेको धारणा राखे । झापाको आठ हजार हेक्टर जग्गामा कन्काइ सिंचाइ योजना र बाहुनडाँगी क्षेत्रमा एक हजार ७ सय हेक्टर जग्गामा सिंचाइ पु¥याउन बनाइएको सिद्धी सिँचाइले झापाको ८७ हजार ५ सय हेक्टर जग्गालाई समेट्न सक्दैन । यसका लागि सरकारले झापाकै सबै खेतीयोग्य जग्गामा सिंचाइ सुविधा पु¥याउन विलम गर्न नहुने झापा भद्रपुर निवासी प्राध्यापक चिन्तामणि दाहालले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित