- Loading...
बेरोजगार तथा विदेशबाट फर्किएका युवाहरुको नेतृत्वमा कृषि सैनिक गठन गर्नुपर्ने माग गर्दे कृषि मन्त्रीलाई ध्यानकर्षण पत्र
- कृषि टि.भी.
- २ साल अघि
- १८ पटक पढिएको


सैनिक गठनको माग गर्दै नवलपुरका राष्ट्रिय कृषि सैनिक अभियानकर्ता विष्णु भट्टले कृषि मन्त्री घनश्याम भुषाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बेरोजगार तथा विदेशबाट फर्किएका युवाहरुको नेतृत्वमा कृषि सैनिक गठन गर्नुपर्ने र तिनै सैनिकको परिचालनबाट कृषि क्रान्ति गर्न मन्त्रि भुषालसंग आग्रह गर्नुभएको हो ।

गैंडाकोटका राष्ट्रिय कृषि सैनिक अभियानकर्ता बिष्णु भट्टले कृषि तथा पशुपन्छिमन्त्री घनश्याम भुषाललाई भेटेर राष्टिय कृषि सैनिक गठन गर्न माग गर्नुभएको छ ।बेरोजगार तथा विदेशबाट फर्किएका युवाहरुको नेतृत्वमा कृषि सैनिक गठन गर्नुपर्ने र तिनै सैनिकको परिचालनबाट कृषि क्रान्ति गर्न मन्त्रि भुषालसंग आग्रह गर्नुभएको हो । नेपालका बिभिन्न स्थानमा पाईने बातावरण र मौसम अनुसारको खेतिवाली गर्दै माटोको अधिकतम सदुपयोग गर्न र खाली जग्गाहरु रहनै नदिन कृषि सैनिक आवश्यक भएको भट्टको दावी छ ।
राष्टिय कृषि सैनिक गठन भएमात्रै नेपाली माटोमा सुन फलाउन सकिने, देशलाई स्वर्णीम युगमा प्रवेश गराउदै विदेशबाट बाकसमा आउपर्ने दुखद अवस्थाको अन्त्य हुने भन्दै कृषि सैनिक गठन गर्न मन्त्रिको ध्यानाकर्षण गराउनु भएको हो । कृषि सैनिकमा समावेश हुनेहरुले कृषि औजार र प्रविधि लिएर कृषि उत्पादन बढाउने र देशको परनिर्भरतालाई अन्त्य गर्न यो अवधारणा आवश्यक रहेको उहाँको भनाई छ । ध्यानाकर्षण पत्र वुझ्दै मन्त्रि भुषालले भट्टको अवधारणा सराहनिय रहेको बताउनुभयो । यसको विस्तृत व्याख्या सहितको अवधारणा ल्याएर फेरि आफुलाई भेट्न उहाँले आग्रह गर्नु भएको छ । भट्टको यो अवधारणा देशका लागि आवश्यक रहेको र बिस्तृत व्याख्या सहितको प्रस्ताव आएपछि मन्त्रालयले थप कदम चाल्ने मन्त्रि भुषालले बताउनुभयो ।
कृषक भट्टले विना सरकारी अनुदान १२ विगाह क्षेत्रफलमा उन्नत जातका घास लगाएर ६५ जिल्लामा घासको विउ र बेर्ना बिक्री बितरण गर्दै आउनुभएको छ । साथै उहाले १२ जनालाई प्रत्यक्ष र ६० जनालाई अप्रत्यक्ष रोजगारी दिनु भएको छ । विदेशबाट आएर घाँसखेती गर्नेहरूलाई निःशुल्क परामर्शसँगै बिउबिजनमा समेत सहयोग गर्नु भएको छ ।।

