
FLASH NEWS
- Loading...
रामपुरका महिला जनप्रतिनिधि सामूहिक आलु खेतीमा
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको


पाल्पाको रामपुर नगरपालिकाका महिला जन प्रतिनिधिहरुले सामुहिक रुपमा व्यावसायिक आलु खेती गर्न थालेका छन् । ७ जना जना महिला प्रतिनिधिले संयुक्तरुपमा कृषि कार्यालयको सहयोगमा ५ रोपनी क्षेत्रफलमा उन्नत जातको बिउको प्रयोग गरी आलु खेतीको सुरुवात गरेका हुन् । खाद्यान्न तथा तरकारी उत्पादनका लागि उर्वर भूमिको रुपममा रहेको रामपुर फाँटमा नगरका कार्यपालिका सदस्यहरुले समय अनुसार मौसमी, बेमौसमी तरकारी खेति गर्ने उद्देश्य राखेका छन् ।महिलाहरुको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले महिला जन प्रतिनिधिहरुले कृषिको व्यावसायिकरणकालागि जोड दिएका हुन् ।बजारमा माग बढेपछि आलुमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय सरकारको कृषि शाखामार्फत नयाँ कार्यको थालनी गरीएको हो ।


प्रतिक्रिया दिनुहोस
