FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मौरीपालनका लागि चरन क्षेत्रको अभाव

    • कृषि टि.भी.
    • २ साल अघि
    • १५ पटक पढिएको
    मौरीपालनका लागि चरन क्षेत्रको अभाव

    मौरीपालनका लागि चरन क्षेत्रको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् । उनीहरुले मोरङ, चितवन दाङसम्म मौरी चरनका लागि लाने गर्दछन् ।।

    २०६३ साल देखि २ गोला माहुरीबाट सुरुवात गरेकि झापा शिवसताक्षी धाम नगरपालिकाकि ६४ बर्षिया सन्तकुमारी सुनुवार मुखिया मौरीपालन ब्यबसाय राम्रो रहेको थियो। तर लकडाउनले उनको मौरी पालनमा निकै मार पर्यो। त्यहाँ मुखिया जस्तै १५० भन्दा बढीले मौरी पालन गरेका छन। २५५ गोला मौरी घार भएको उहाँको लकडाउनले समयमै मौरिको लागि चाहिने चारो बन्दको कारण मरेर १५० गोला मात्र रहेको छ।

    साथै रोग किरा कमिलाबाट समेत मर्ने गर्दछ्न।मौरी किसान र कृषक बिच समन्वयन नहुदा चरन क्षेत्रको समस्या परेको बताउनुहुन्छ।

    चरणको अभाव भएकोले मोरङ, चितवन दाङ सम्म चरनका लागि झापाको मौरी लाने गर्दछ्न। उहाँको मौरी चरणका लागि लगिएको मोरङको कानेपोखरी गाउँपालिका ५ भौसाबारी पुग्दा यहाँ किसानले चरणका लागि तोरिमा किरा नलाग्ने र किटनाशक औषधि छर्क्नु नपर्ने तोरि राम्रो उत्पादन हुने स्थानिय किसान बताउछ्न।

    मुखियाकै प्रेरणाबाट छोरा अर्जुन मुखियालाई कोरिया जानबाट रोकेर मौरी पालन ब्यबसायमा प्रेरित गर्नुभएको छ। २० क्विन्टल सम्म बार्षिक मह उत्पादान गर्दै आउएकोमा अहिले घटेको बताउछन।

    तर राज्यले वास्तविक किसानलाई अझै हेर्न नसकेको उहाँको छोरा अर्जुनको गुनासो छ।

    उत्पादित मह आफ्नै शिवसताक्षी मौरी पालन सहकारीमा दिने हुँदा महको बजारिकरणमा समस्या छैन तर अर्को तर्फ स्थानिय तहले मौरी पालन किसानलाई खासै चासो दिएको छ। यस्ता उद्द्मी किसानलाई प्रोत्साहन गर्न सके मह उत्पादनमा समेत वृद्धि हुने थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित