- Loading...
पाल्पामा नमुना बार्खा फर्म संचालन
- कृषि टि.भी.
- २ साल अघि
- २४ पटक पढिएको


पछिल्लो समयमा बोयर जातको बाख्रा पालन गर्ने लहर चलेको छ । खासगरी व्यवसायीक रुपमा बाख्रा पालन गर्ने जो कोहीले पनि बोयर जातको बाख्रा पालन गर्ने गरेको पाईन्छ । यसैमा पछिलो समय पाल्पाका एक यूवाले करिव डेढ करोड लागतमा नमुना बार्खा फर्म संचालन गरेका छन्।

पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नम्बर–१२ बौघापोखराथोक का ३८ बर्षिय युवा मिन बहादुर आले ले करिव डेढ करोड लागतमा बाखा्र फर्म सञ्चालन गरेका छन् । उनले अध्यन,अनुसन्धान गरी आधुनिक खोर बनाएका छन् । बाखा्र पालनको लागि चाहिने सबै संरचनाहरु उनले आर्कषक ढंगबगाट निर्माण गरेका छन् । आफ्नै पुर्खौली सम्पतीलाई खेरा जान नदिने योजनाका साथमा आलेले सोही जग्गालाई पुर्णरुपमा उपयोग गरी फर्म सञ्चालन गरेका हुन । ५ बर्ष सम्म विदेशमा रोजगारीको लागि विताएका आललेले विदेश बस्दा स्वदेशमै राम्रो आम्दानी गर्ने योजना लिएर नेपाल फर्किएको बताउँछन ।
दुवई तथा सउदी अरवमा बस्दा आलेले उन्नत जातको बाख्रा पालनको कामसंगै युट्युवमा बाख्रा पालनसम्बन्धी दृश्यले आलेलाई स्वदेश फर्कायो । अहिले आले बोयर जातको बाख्रा पालनमा उनि रमाएका छन् । विदेश जाने युवाहरुलाई स्वदेशमै महिनाको एक दुई लाख रुपैयाँ सजिलै कमाउन सकिन्छ भन्ने राम्रो उदाहरण बनेका छन् ।
लुम्बिनी एग्रो बोयर बाख्रा फार्मबाट आलेले नश्न सुधार गर्दै उन्नत जातका बाख्रा उत्पादनमा जुटेका छन् । तीन महिनामै ३० किलोसम्म तौल बढ्ने उन्नत जातको बाख्राको बिउ ब्रिड उत्पादनमा आलेले काम गर्दै आएका छन् । फार्मलाई व्यवस्थित गर्दै ठुलो परिणाममा बोयर बाख्रा उत्पादन गरी गाउँ–गाउँमै युवाहरुलाई स्वरोजगार बनाउने योजना बनाएका छन् । बाखा्रा फर्ममा अहिलेसम्म १ करोड ५० लाख रुपैयाँ लगानी गरेको र अझै एक करोड रुपैयाँ लगानी गर्ने चरणमा छन् ।
फार्ममा बोयरको ५० प्रतिशत, ७५ प्रतिशत र १०० प्रतिशत पाठापाठी उत्पादन गर्दै आएका छन्भ ने स्थानिय जातको बाख्रा पनि छन् । आलेलेल किसानहरुलाई ब्रीडअनुसारको उत्पादनमा ग्यारेन्टीका साथ बिक्री गर्दै आएका छन् । आलेले बाख्राको खोर समेत हेर्न लायक बनाएका छन् । एउटै खोर भित्र बोका राख्ने छ्ुट्टै, र उमेर अनुसारका बाख्रा तथा पाठापाठी, गर्भवती बाख्रा राख्न छुट्टा छुट्टै ठाउँहरु बनाइएको छ । अहिले आलेको फर्ममा तीन वटा बोका, ५५ वटा बोयर बाख्रा रहेका छन् । आलेले शत प्रतिशत बोयर बाख्रा उत्पादन केन्द्रको रुपमा लुम्बिनी एग्रो बोयर बाख्रा फर्मलाई विस्तार गर्दै लगेका छन् ।
आलेको बाख्रा पालन फार्म हेर्न, नश्ल सुधार, आधुनिक खोर निर्माण, बाख्रा पालनको तौर तरीका सिक्न दिनहुँ कृषकहरु पुग्ने गरेका छन् । आलेले पाँच वर्षको अवधिमा ४० वटा बोयर बाख्रा बेचेर २० लाख रुपैयाँ आम्दानी गरी सकेका छन् । विदेशमा कमाईने पैसा स्वदेशमै सजिलै कमाउन सकिन्छ भन्ने गरी सबैको ध्यान खिचेका छन् ।
विदेश गएका युवाहरु लाई स्वदेशमै स्वरोजगार बनाउन, विदेश बराबरको पैसा आफ्नै घरपरिवारसंग बसेर स्वदेशमै कमाउने गरी युवाहरुलाई लक्षित गरी सानो लुम्बिनी एग्रो बोयर बाख्रा फार्मलाई व्यस्थित रुपमा संचालन गरिएको छ । पाँच सात वर्षसम्म बोयर जातका पाठापाठा मात्र उत्पादनमा मात्र काम गर्ने र जिल्ला भित्रै, प्रशस्त बोयर जातका बाख्रा उत्पादन हुन थालेपछि फार्मलाई मासु बिक्रीमा केन्द्रमा परिणत गर्ने योजना समेत बनाइएको छ ।

