- Loading...
सुर्खेतको छिन्चुमा शीतगृह सञ्चालन
- कृषि टि.भी.
- २ साल अघि
- २४ पटक पढिएको


सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ छिन्चुमा नारी जागरण बहुउद्देश्यीय कृषक समूहले निर्माण गरेको शीतगृह सञ्चालनमा आएको छ ।

कर्णाली प्रदेशकै पहिलो सो शीतगृह दुई सय मेट्रिक टन क्षमताको छ । चार ब्लकमा रहेको शीतगृहमा प्रतिब्लक ५०र५० टन तरकारी तथा बीउ भण्डारण गर्न सकिनेछ । यसको निर्माणमा कृषि विकास निर्देशनालयको रु ७० लाख, भेरीगङ्गा नगरपालिका रु ६५ लाख, साना तथा मझौला आयस्तर वृद्धि परियोजना रु ३९ लाख, नारी जागरण रु २९ लाख, भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय रु १५ लाख र गुर्भाकोट नगरपालिकाको रु पाँच लाख लगानी रहेको छ । शीतगृहको सञ्चालन तथा व्यवस्थापन भने साना किसान कृषि सहकारी संस्था लिमिटेडले गर्ने जनाइएको छ ।
सो कृषक समूहका अध्यक्ष ज्ञानु भुसालले शीतगृह निर्माण भएपछि आलु, तरकारी, फलफूल, बीउबिजन कोहलपुर पुर्याउनुपर्ने बाध्यता हटेको बताए । किसानको उत्पादन कुहिएर खेर जाने समस्या अन्त्य भएको उनको भनाइ छ । शीतगृह सञ्चालनमा आएलगत्तै ६६३ बोरा अदुवा राखिएको छ । रासस

