- Loading...
उखु किसानको आन्दोलनमा विभिन्न राजनीतिक दलको समर्थन
- कृषि टि.भी.
- २ साल अघि
- २३ पटक पढिएको


उखु किसानको आन्दोलनमा विभिन्न दलले ऐकवद्धता जनाएका छन् । चिनी मिलबाट आफूहरूले बिक्री गरेको उखुको मूल्य नपाएको भन्दै काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका उखु किसानहरुको आन्दोलनमा बिभिन्न दलले ऐकवद्धता जनाएका हुन् । मंगलबार नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगाएतले काठमाडौको माइतिघरमा पुगेर उखु किसानहरुको आन्दोलनमा ऐकवद्धता जनाएका हुन् । उनीहरुले छिटो भन्दा छिटो उखु किसानहरुको बक्यौक्ता तिर्न पनि सम्बन्धीत पक्षको ध्यानाकर्षण गराएका छन् । उखु किसानको सबै बक्यौता रकम तिर्ने गरी गतवर्ष पुस १८ गते भएको चिनी उद्योगीहरुसँगको सम्झौतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय जमानी बसेका कारण सरकारबाटै त्यो रकम पाउनुपर्ने उनीहरुको भनाई छ । सर्लाही उखु किसान संघर्ष समितिले कुनै पनि हालतमा उधारो सम्झौता नहुने र अहिले किसान आफ्नो पैसा लिएर मात्रै फर्किने गरी काठमाडौं केन्द्रीत आन्दोलन गर्न बाध्य भएको जनाएको छ ।।


