FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • उखु किसानको भनाई ः बक्यौत्ता नलिइ घर फर्कदैनौं

    • कृषि टि.भी.
    • २ साल अघि
    • १८ पटक पढिएको
    Post Thumbnail

    काठमाडौं केन्द्रीय आन्दोलन गरिरहेका सर्लाहीका उखु किसानहरुले आफुहरुको रकम भूक्तानी नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने जनाएका छन् । वार्ताका लागि सरकारले पठाएको पत्रको बिहीबार लिखित जवाफ दिदै सर्लाही उखु किसान संघर्ष समितिले उद्योग मन्त्रालयले उद्योगीहरुबाट आफुहरुको भुक्तानी नदिलाएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने जनाएका हुन् । दुई बुँदे जवाफमा प्रधानमन्त्री राहत कोष वा अन्य कुनै राज्य कोष छ भने उक्त कोषबाट किसानहरुलाई बक्यौता रकम भुक्तानी गर्नुपर्ने र सम्पूर्ण रकम उद्योगीहरुबाट सरकारले व्याजसहित असुल उपर गरि भुक्तानी गर्नुपर्ने जनाइएको छ । आफुहरुको सर्त अनुसारको वातावरण नभएसम्म वार्तामा नवस्ने उनीहरुको अडान छ । लामो समयसम्म आफुहरुले पाउनुपर्ने बक्तौता रकम नपाएको भन्दै उखुकिसानहरुले निरन्तर काठमाडौंको माइतिघरमा धर्ना दिदै आएका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै सर्लाहीका उखु किसानले आइतबारदेखि काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका हुन् ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित