- Loading...
‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि वित्तीय सम्झौता
- कृषि टि.भी.
- २ साल अघि
- १८ पटक पढिएको


नेपाल सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि वित्तीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । करिब ९ अर्ब ५० करोड रुपैयाँ अर्थात अमेरिकी ८ करोड अमेरिकी डलर)बराबरको आयोजनामा हस्ताक्षर भएको हो ।
‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि नेपाल सरकार र विश्व बैंकबीच सोमबार वित्तीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालको कृषि क्षेत्रलाई सुदृढ र कोरोना पश्चातको आर्थिक पुनरुत्थानलाई अभिवृद्धि गर्न विश्व बैंकले नेपाललाई आठ करोड अमेरिकी डलर उपलब्ध गराउन सोमबार हस्ताक्षर भएको हो । अर्थमन्त्रालयका सचिव शिरिकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपााल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद जजर्भोसले हस्ताक्षर गर्नु भएको थियो । आयोजनाले ग्रामिण उत्पादक समूहहरु र नीजि क्षेत्रका क्रेताहरुबीच उत्पादनशिल साझेदरीको सहजीकरण गर्दै मूल्य अभिवृद्धि तथा रोजगारीको सिर्जना गर्ने मन्त्रालयले जनाएको छ । आयोजना प्रदेश ५ बाहेकका प्रदेशका मूख्य आर्थिक करिडोरम कार्यान्वयन हुनेछ ।

हस्ताक्षर कार्यक्रममा मन्त्रालयका सचिव ढुंगानाले आयोजनाले कृषि क्षेत्र र बजारको दिगो सम्बन्धलाई स्थापित गर्दै आर्थिक पुनरुत्थानलाई सघाउने विश्वास व्यक्त गर्नुभयो ।
आयोजनाल नेपाल सरकारको कृषि बिकास रणनीति २०७२–२०९२ लाई टेवा पुराउने अर्थमन्त्रालयले जनाएको छ ।।

