FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • उखु किसानको भुक्त्तानी तत्काल देऊ

    • कृषि टि.भी.
    • २ साल अघि
    • २३ पटक पढिएको
    Post Thumbnail

    राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानहरूले पाउनुपर्ने रकम तत्कालै भुक्तानी गर्न सरकारलाई आग्रह गरेको छ । किसानहरूको रकम सरकारबाट भुक्तानी गरी उखु खरिदकर्ताबाट सो रकम उठाउन आयोगले सरकारलाई अनुरोध गरेको हो । आयोगले किसानको रकम भुक्तानी नगर्ने व्यवसायीलाई तत्काल कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । ‘किसानका हक अधिकारका सम्बन्धमा व्यवस्था गरिएका कानुनको प्रभावकारी कार्यान्वयन गर्न, उखु किसानका समस्याहरुको समाधानमा संवेदनशील हुन, किसानको श्रमको सम्मान गर्न, विगतमा भएका सम्झौताको कार्यान्वयन गरी किसानहरुको मौलिक हक र मानव अधिकार समेतको संरक्षण गर्न आयोग नेपाल सरकार र चिनी उत्पादक कम्पनीहरूको ध्यानाकर्षण गराउँदछ,’ सोमबार आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । चिनी उत्पादक कम्पनीहरूबाट विगतदेखि नै उखुको भुक्तानी नपाएको, सरकारले निर्धारण गरेको मूल्यभन्दा कम मूल्यमा उखु खरिद गरेको र उखु किसानहरुले नेपाल सरकारसँग विगतमा गरेको सम्झौता अझै कार्यान्वयन नभएको भन्दै गत मङ्सिर २७ गतेदेखि सर्लाही, रौतहट, नवलपरासी, कपिलवस्तु लगायतका उखु किसानहरूले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित