FLASH NEWS
- Loading...
बासमति धान बारे विस्तृत अध्ययन गर्न समिति गठन
- कृषि टि.भी.
- २ साल अघि
- २३ पटक पढिएको


सरकारले नेपालमा बासमति धान बारे विस्तृत अध्ययन गर्ने भएको छ । कृषि तथा पुशपन्छी विकास मन्त्रालय, उद्योग तथा वाणिज्य मन्त्रालय तथा कृषि अनुसन्धान परिषद (नार्क) को बैठकले नेपालमा बासमति धान बारे विस्तृत अध्ययन गर्ने भएको हो । हक दाबीमा नेपाल सरकारले विरोध जनाएसँगै हक दाबीको लागि पुन बैठक बसेको हो । बैठकमा कृषि अनुसन्धान परिषद् (नार्क) मा रहेको राष्ट्रिय जिन बैंकमा रहेका बासमति धानका पुराना रेर्कड तथा शताब्दी कटेका वृद्धवृद्धाका कुराकानीमा आधारित रही बासमति धान कहाँ उत्पादन हुने गर्थे, के कस्ता प्रकारका थिए आदि अध्ययन गर्ने निर्णय बैठकमा भएको छ । अध्ययन पश्चात उक्त रिर्पोट युरोपियन युनियनमा प्रस्तावित गरिनेछ । बासमती धानमा भारतले केही समय अघि हक दाबी गरेको थियो । भारतको एकल हक दाबीको विरोधमा नेपालसँगै पाकिस्तानले पनि हक दाबी जनाएको छ ।।


प्रतिक्रिया दिनुहोस
