FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पशुजन्य उत्पादनमा उत्कृष्ट बन्दै पाणिनि

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    पशुजन्य उत्पादनमा उत्कृष्ट बन्दै पाणिनि

    लुम्बिनी प्रदेशभित्र रहेका स्थानीय तहमध्ये पशुजन्य उत्पादनमा उत्कृष्ट काम गरेको भन्दै अर्घाखाँचीको पाणिनि गाउँपालिका पुरस्कृत हुन छनोट भएको छ । नेपाल सरकार पशुसेवा विभागको स्थापना दिवसको अवसरमा पाणिनि गाउँपालिका लुम्बिनी प्रदेशभित्रका अन्य पालिकामा भन्दा पशुजन्य उत्पादनको कार्यमा उत्कृष्ट काम गरेकाले छनोट भएको हो ।

    प्रदेशभित्र रहेका १०९ स्थानीय तहमध्ये पशुजन्य उत्पादन तथा कृषिको क्षेत्रमा पाणिनि गाउँपालिकाले उत्कृष्ट कार्य गरेको भन्दै गाउँपालिकाका अच्युत गौतमले आफ्नो पालिकालाई पुरस्कृत गर्न छनोट गरेको जानकारी दिनुभयो । उहाँले कृषि र पशुपालनबिना आर्थिक समृद्धि हुन नसक्ने भएकाले कृषि र पशुपालनलाई प्रमुख प्राथमिकतामा राखेर पालिकाले काम गरेको बताउनुभयो ।

    पाणिनि गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर भइसकेको छ । यी वस्तु निर्यात गरिरहेको छ । केही समय पहिला अण्डा र मासु अन्तबाट ल्याउनुपथ्र्यो । यस वर्ष कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न र युवालाई कृषिमा लगाउन झण्डै रु तीन करोड विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष गौतमले जानकारी दिनुभयो । यस वर्ष सो गाउँपालिकाले दूधमा प्रतिलिटर रु पाँच अनुदानसमेत दिने भएको छ । गत वर्ष दूधमा प्रतिलिटर रु २।५५ का दरले अनुदान दिएको थियो ।

    गाउँपालिकामा १० डेरी र पाँच पोल्ट्रीफार्म सञ्चालित छन् । यी डेरीले गत आर्थिक वर्षमा आठ लाख ६० हजार १३९ लिटर दूध सङ्कलन गरेको र पोल्ट्रीफार्मले दिनैपिच्छे २२ हजार अण्डा उत्पादन गरेका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा अष्ट्रेलियाबाट २५ वटा बोयर बाख्रा ल्याएको थियो । आफ्नो गाउँपालिकालाई बोयर बाख्रापालनको केन्द्र बनाउन लगोको गाउँपालिका अध्यक्ष गौतमले बताउनुभयो । अहिले यहाँ २३ बोयर पाठापाठी हुर्केका छन् ।

    पच्चीस किलोसम्मको तौल भएका पाठीको मूल्य रु एक लाख २० हजार र पाठाको मूल्य रु एक लाख ५० हजार तथा २५ केजीभन्दा बढी तौल भएमा प्रतिकेजी थप रु तीन हजारका दरले बिक्री वितरण गर्ने गरी मूल्य कायम गरिएको छ । उत्पादन भएका बाख्रा हाललाई पालिकाभन्दा बाहिर बेच्न नपाउने व्यवस्थासमेत गरिएको छ । अड्गुरी मैदान र पोखराथोक गरी तीन स्थानमा स्रोत केन्द्र स्थापना गरिएको छ । बाख्राको बीमा, दाना, औषधोपचार र खोर निर्माण खर्चसमेत शुरुका वर्ष पालिकाले दिँदै आएको छ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित