FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दाङमा १९ नयाँ जलाशय निर्माण हुँदै

    • कृषि टि.भी.
    • २ साल अघि
    • २६ पटक पढिएको
    दाङमा १९ नयाँ जलाशय निर्माण हुँदै

    जिल्लमा १९ वटा थप नयाँ जलाशय निर्माण हुने भएका छन । चालू आर्थिक वर्ष २०७७र७८ मा १९ नयाँ जलाशय निर्माण हुने बृहत् दाङ उपत्यका सिँचाइ आयोजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई क्रमागत र १७ थप नयाँ जलाशय निर्माण हुन लागेका हुन । तुलसीपुर उपमहानगरपालिमा–८, घोराही उपमहानगरपालिकामा पाँच बबई गाउँपालिकामा एक, शान्तिनगर गाउँपालिकामा–तीन र दङ्गीशरण गाउँपालिकामा दुई जलाशय निर्माण हुने कार्यालय प्रमुख राजु आचार्यले बताए । त्यसका लागि रु तीन करोड ६८ लाख बजेट विनियोजन भएको उनले बताए ।

    तुलसीपुर उपमहानगरपालिकाका लागि रु एक करोड ८९ लाख, घोराही उपमहानगरपालिकाका लागि रु ८६ लाख बबई गाउँपालिकामा रु १० लाख, शान्तिनगर गाउँपालिकाका लागि रु ६८ लाख बजेट र दङ्गीशरणका लागि रु २५ लाख बजेट विनियोजन गरिएको छ । उनका अनुसार तुलसीपुर उपमहानगरपालिका–१ को जम्मुचिरा, वडा नं २ को मनिकापुर कुइरेपानी, ८ को खोटीखोली, वडा नं ११ को हस्नापुर, १४ को अकमी, वडा नं १७ को गेगतिया, वडा नं १८ को पिर्थली कुईरे सोता र वडा नं १९ को दूधेगजेरीमा जलाशय निर्माण गर्न लागिएको हो ।

    त्यस्तै घोराही उपमहानगरपालिका–२ को ज्यामिन सोता, वडा नं २ र ४ मा पर्ने सरेसोता, वडा नं १७ को बर्गदी, वडा नं १७ कै ओखर स्याउली सोता र वडा नं ९ को एकलघरुवा सोतामा जलाशय निर्माण हुने भएका छन् ।

    बबई गाउँपालिका–४ तालगैरा, शान्तिनगर गाउँपालिका–१ गुद्रुगखोला, वडा नं २ को अमुवा र वडा नं ३ को फलाटेखोलीमा तथा दङ्गीशरण–१ बाँघेचिरा र वडा नं ३ को बघिगन्धिमा जलाशय निर्माण हुने भएका हुन् । यीमध्ये केही स्थानमा निर्माण शुरु भएको छ, केही स्थानमा भने सर्वे गर्ने काम भइरहेको प्रमुख आचार्यको भनाइ छ । यी सबै जलाशय निर्माणको काम चालू आर्थिक वर्षभित्रै सक्नुपर्ने छ ।

    जलाशय निर्माण भएपछि जिल्लामा ३० देखि ६० हेक्टर क्षेत्रफलमा सिँचाइ हुने अपेक्षा रहेको सूचना अधिकारी शान्तराज गौतमले बताए । साथै थप २१ जलाशय निर्माण गर्नका लागि आफूहरुले माग गरेको सूचना अधिकारी गौतमले बताए । दाङमा कार्यालय स्थापना भएदेखि ४१ जलाशय निर्माण भएका छन् ।– रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित