FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • राष्ट्रिय कृषक समुह महासघंको सातौँ सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३० पटक पढिएको
    राष्ट्रिय कृषक समुह महासघंको सातौँ सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

    राष्ट्रिय कृषक समुह महासघंको सातौँ सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरि महासंघले आव २०७६÷७७ मा भएका सम्पूर्ण कार्यक्रम तथा गतिविधीहरुको लेखाजोखा सार्वजनिक गरेको हो ।

    राष्ट्रिय कृषक समुह महासघंको सातौँ सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । महासंघका केन्द्रिय अध्यक्ष नवराज वस्नेतको अध्यक्षतामा, राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठको प्रमुख आतिथ्तामा सम्पन्न भएको यस कार्यक्रममा कृषि र कृषि संग सरोकार राख्ने विभिन्न सरकारी, गैर सरकरी संघ संस्थाका प्रतिनिधि, तथा तहगत महासंघबाट प्रतिनिधिहरुको उपश्थिती रहेको थियो । साथै महासंघको सहजीकरणमा संचालनरत विभिन्न कृषि नमुना अभ्यासमा सरिक भएका सिरहा, उदयपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका किसान प्रतिनिधिहरूको समेत सहभागीता रहेको यस कार्यक्रममा किसानको अनुभव र महासंघले किसानको जिवनमा पुर्याएको योगदानको बारेमा छलफल भएको थियो। कार्यक्रममा २०७६र७७ मा महासघंले गरेका कार्यहरु, महासंघले गरेको लगानी र उक्त लगानीबाट भएको लाभको विवरण प्रस्तुत गरिएको थियो । महासघंले सिमान्तकृत किसान, साना किसान, मुसहर, दलित, भुमिहिन, महिला तथा पिछडिएका बर्गका किसानहरुका हकमा बिभिन्न कार्यहरु गर्दै आएको महासघंका अध्यक्ष नवराज बस्नेतले बताउनु भयो ।

    उहाले कोरोना कहर र कृषिमा परेको असर न्युनिकरण, जलवायु मैत्रि कृषि बिस्तार, पोषण बगैँचा र दिगो कृषि अभ्यास, महिला सशक्तिकरण जस्ता कार्यहरुमा महासघंले अतुलनिय योगदान पुराएको दाबी गर्नु भयो। कार्यक्रममा कृषि सचिव डा. योगेन्द्र कुमार कार्किले ग्रामिण क्षेत्रको उत्थानका लागि राष्ट्रिय कृषक समुह महासघंलाई धन्यवाद दिंदै महासघंले निकै राम्रो काम गरेको बताउनु भयो। उहाले अबका कामहरुमा राज्यले पुर्ण सहयोग गर्न इच्चुक रहेको समेत जिकिर गर्नु भयो। अबका दिनमा कृषिमा हातेमालो गर्दै सहयात्रा गर्ने एक्यबद्धतामा उहाको जोड थियो ।

    २०६८ भदौं २३ गते स्थापना भएको यस संस्था कृषक समूह, सहकारी र पशुसेवा समूहहरुसंग सहकार्यगरी विभिन्न कार्यक्रमहरु गरिरहेको छ । साथै यस संस्थाले खाद्य सुरक्षा तथा संप्रभुता, किसान परिचय पत्र, स्वच्छ उत्पादन, कृषक समूह र स्थानिय लेखा नम्बर, जस्ता किसानका मुद्धामा काम गर्दै आइरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित