- Loading...
पौष २२ गते पाँचौ निर्यात दिवस मनाइँदै
- कृषि टि.भी.
- २ साल अघि
- १६ पटक पढिएको


काठमाडौं । नेपाल निर्यात परिषद्ले कोरोनाका महामारीकाबीच नेपालको निकासीमा नकारात्मक असर परेको जनाएको छ । पाँचौ निर्यात दिवस–२०७७ का सम्बन्धमा सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै परिषद्ले कोरोनाकाबीच नेपालको निकासी एकदम न्युन रुपमा बढेको भएपनि सन्तोषाजनक अवस्था भने नरहको जनाएको हो ।

चालू आर्थिक बर्षको कातिर्कसम्म नेपालको आयात ४ खर्व २ अर्व ४९ करोड र निकासी ४० अर्व २० करोड रहेको परिषद्ले जनाएको छ । चर्को हवाइ भाडा, दक्ष जनशक्तिको कमी, चर्को बैंक व्याजदर लगाएतका समस्या निर्यात क्षेत्रमा देखिएको परिषद्का अध्यक्ष हरी बहादुर कार्कीले बताउनुभयो । उहाले निकासी व्यापारको सुधार, राष्ट्रिय अर्थतन्त्रको मूल आधार भन्ने नाराका साथ पाँर्चौ निर्यात दिवस पौष २२ गते मनाउन लागिएको जानकारी दिनुभयो । निर्यात व्यवसायि बीचको समस्या र व्यवसायीक ऐकवद्धता जनाउन, आयातमूखि बजारलाई निर्यातमूखी बाउन तथा सरकार र सम्पूर्ण सरोकारवालाहरुको ध्यानाकर्षण गराउन निर्यात दिवस मनाउन लागिएको कार्कीले बताउनुभयो ।
त्यस्तै निर्यात र व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्ने उदेश्यका साथ पनि दिवस मनाउन लागिएको परिषद्ले जनाएको छ ।

