FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषिमा बैदेशिक लगानी भित्राउने सरकारको निर्णयमा कृषि व्यवसायीहरुको विरोध

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३४ पटक पढिएको
    कृषिमा बैदेशिक लगानी भित्राउने सरकारको निर्णयमा कृषि व्यवसायीहरुको विरोध

    कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय कृषक र व्यवसायीको हित विपरीत भएको भन्दै कृषि व्यसायीहरुले विरोध जनाएका छन् । मंगलबार काठमाडौंमा डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपा र केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेडले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै डेरी लगायत कृषिमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन निर्णय अविलम्ब फिर्ता लिन सरकारसमक्ष माग गरेको हो ।

    कृषि प्राथमिक तहमा कुनै पनि शर्तमा वैदेशिक लगानी आउदा ठूलो जनसंख्याको आयस्रोत गुम्ने खतरा रहेको उनीहरुको भनाई छ । वैदेशिक लगानी भित्र्याउने गरी भएको निर्णयले ग्रामीण रोजगारीमा असर पर्ने र यस पेसामा आवद्ध व्यवसायीलाई मजदुर बनाउने र त्यसको लाभ विदेशी लगानीकर्ताको हातमा जाने नेपाल डेरी एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताउनुभयो । उहाले नेपालको लाभ विदेशी लगानीकर्ताको हातमा जाने, स्वदेशी व्यवसायहरुको उद्यमशिलता विकासमा कुठाराघाट र किसानको हातमुख जोर्ने मुख्य आयआर्जनको बाटो समेत अवरुद्ध हुने तर्फ सचेत गराउनुभयो ।

    हाल नेपालमा माहुरीपालनमा ४ अर्ब, माछापालनमा करिब ११ अर्ब, डेरी उधोगमा ३० अर्ब दाना तथा कुखुरापालनमा ४० अर्ब गरी कुल ८५ अर्बको लगानी भई करीब १५ लाख भन्दा बढी कृषक तथा श्रमिकहरुमा रोजगारी श्रृजना भइरहेको उनीहरुले दावी गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित