FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पिपिआर रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित

    • कृषि टि.भी.
    • २ साल अघि
    • २७ पटक पढिएको
    पिपिआर रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित

    दोलखाको मेलुङ गाउँपालिका– १ पवटीको देउरालीमा बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पवटीको देउराली आसापासका बस्तीमा करीब १५ दिनको अवधिमा ६१ बाख्रा मरेका छन् ।

    बाख्रा मर्न थालेपछि रगत परीक्षण गराउँदा पिपिआर९पेष्ट डे पेटी ¥युमिनाँ० फैलिएको रिपोर्ट आएको गाउँपालिकाका पशुपक्षी विकास शाखाका प्रमुख राष्ट्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । बाख्रामा अज्ञात रोग देखा परेको र धमाधम मरेपछि बाख्राको स्वाब सङ्कलन गरी परीक्षणका लागि यही पुस १८ गते काठमाडौँ पठाइएकामा बाख्रामा ‘गोट प्लेग’ लागेको पुष्टि भएको उहाँले बताउनुभयो ।

    देउराली बस्तीमा १४ घरधुरी रहेकामा १२६ बाख्रा रहेकामध्ये ९५ बाख्रामा पिपिआर रोग देखा परिसकेको वडा नं १ का वडाध्यक्ष ईश्वर कोइरालाले बताउनुभयो । बिरामी रहेका अन्य बाख्रा गाउँपालिकासँगको सहकार्यमा पिपिआरविरुद्धको उपचार भइरहेको वडाध्यक्ष कोइरालाले बताउनुभयो ।

    पिपिआर सरुवा रहेकाले गाउँको एक बाख्रामा देखा पर्नासाथ रोग पहिचान गरी नियन्त्रण गर्न नसक्दा गाउँभरीका बाख्रामा देखा परेको हुनसक्ने अनुमान गरिएको छ । बाख्रामा पिपिआर देखा परिसकेपछि रोकथामका लागि औषधोपचार गरे पनि बाँच्ने सम्भावना अत्यन्त कम हुने पशुपक्षी विकास शाखाका प्रमुख श्रेष्ठले बताउनुभयो । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित