FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कर्णाली प्रदेश कफी खेतीका लागि उपयुक्त

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२१ पटक पढिएको
    कर्णाली प्रदेश कफी खेतीका लागि उपयुक्त

    कर्णाली प्रदेश पनि कफी खेतीका लागि उपयुक्त रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । बोर्डले आयोजना गरेको कार्यक्रममा किसानलाई कफी खेती तर्फ आकर्षित गर्न सरकारले अनुदानका कार्यक्रम ल्याउनुपर्ने औल्याइएको । बोर्डले कर्णालीमा तीनै तहको सरकारको समन्वयमा व्यावसायिक कफी खेतीको पहल थालेको जनाएको छ । सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा कफी खेतीका लागि उपयुक्त जमिन रहेको बोर्डले जनाएको छ । पहिलो चरणमा सुर्खेत, जाजरकोट र सल्यानमा डेढ लाख कफीका बेर्ना उत्पादन गरी विस्तृत परीक्षण गर्ने बोर्डको तयारी छ ।बोर्डले आगामी वर्षसम्म कर्णालीमै कार्यालय स्थापना गरी चक्लाबन्दीको अवधारणाअनुसार व्यावसायिक कफी खेतीमा आकर्षित गर्ने योजना अघि सारेको छ । समुद्री सतहदेखि करिब ८ सयदेखि १६ सय मिटरसम्मको उचाइमा अरबिका जातको कफी उत्पादन हुन्छ । कर्णालीमा व्यावसायिक रूपमा कफी उत्पादन नभए पनि सुर्खेतलगायत केही जिल्लाका किसानले व्यक्तिगत प्रयोजनका लागि कफी खेती गरिरहेको छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित