FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • शीतभण्डार बन्ने भएपछि पाल्पाका किसान उत्साहित

    • कृषि टि.भी.
    • २ साल अघि
    • २२ पटक पढिएको
    Post Thumbnail

    पाल्पामा रामपुर नगरपालिकाले कृषि उपज भण्डारणका लागि शीतभण्डारको निर्माण गरेको छ । पाल्पा जिल्लाको पूर्वी भेगका कृषकद्वारा उत्पादित आलु, टमाटर, सुन्तला जस्ता वस्तु भण्डारण गरी कृषकलाई व्यावसायिक खेतीतर्फ आर्कषण गराउने उद्देश्यले शीतभण्डारको निर्माण गरिएको नगरपालिकाले जनाएको छ । जिल्लाको रामपुरफाँट, सहलकोट, गाडाकोट लगाएतका ठाउँमा राम्रो कृषि उत्पादने हुने गर्दछ । ३ सय मेट्रिक टन क्षमता भएको शीतभण्डार ३ करोड ५२ लाख रुपैयाँको लागतमा निर्माण भैरहेको छ । शीत भण्डार आगामी माघदेखि सञ्चालनमा आउने गरी निर्माण कार्य भइरहेको रामपुर नगरपालिकाले जनाएको छ । बाहिरी जिल्लामा उत्पदित वस्तुलाई प्रतिस्थापन गर्न र मौसममा उत्पादन गरी बेमौसममा कृषि उपज बिक्रीका लागि शीतभण्डार निर्माण गरिएको रामपुर नगरपालिकाका कृषि शाखाले जनाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित