FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सुस्ता गाउँपालिकाका किसानलाई ट्र्याक्टरसहितका कृषि उपकरण वितरण

    • कृषि टि.भी.
    • २ साल अघि
    • १८ पटक पढिएको
    सुस्ता गाउँपालिकाका किसानलाई ट्र्याक्टरसहितका कृषि उपकरण वितरण

    पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका किसानलाई ट्र्याक्टरसहितका कृषि उपकरण वितरण गरिएको छ । कृषि बालीमा सहयोग पु¥याउने उद्देश्यले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका किसानलाई ट्र्याक्टरसहितका कृषि उपकरण उपलब्ध गराइएको हो । सहमति संस्था गैंडाकोटले गहुँ तथा धानबाली उत्पादक कृषकलाई लक्षित गरेर कृषि उपकरण उपलब्ध गराएको हो । कृषकलाई उपलब्ध गराइएका उपकरणमा ठूलो ट्र्याक्टरसहित मिनी ट्रिलर, ल्यान्ड लेजेर, रोटाभेटर, ह्याप्पी सिडर लगायत छन् । समुदायको आयआर्जनमा वृद्धि गरी जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले परियोजनाले व्यावसायिक पशुपालन, कृषि, सिँचाइ र युवा तथा महिला स्वरोजगार कार्यक्रम सञ्चालन गर्दे आएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित