- Loading...
स्याङ्जाका सूर्यप्रसाद अधिकारी कृषि पेशामा व्यस्त, बार्षिक लाखौं आम्दानी
- कृषि टि.भी.
- २ साल अघि
- २८ पटक पढिएको


स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–११ का सूर्यप्रसाद अधिकारी अहिले कृषि पेशा व्यस्त छन् । १४ बर्ष बैदेशिक रोजगारीमा समय विताएका अधिकारी डेढ बर्षदेखि कृषि पेशामा आवद्ध भएका हुन् । कृषि पेशाबाट मनग्य आम्दानी गर्न सफल भएको अधिकारी बताउँछन् ।।

रोजगारीका लागि विदेशको बसाइ धेरै नेपालीले वनवासको कहरका रुपमा लिएका छन् । २०६१ सालमा वैदेशिक यात्रा थालेका स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–११ का सूर्यप्रसाद अधिकारीलाई पनि विदेशको यात्रा पीडादायक नै थियो । तर, विगत डेढ वर्षदेखि गाउँमै कृषिकर्ममा लागेका अधिकारी आनन्दको अनुभूति भएको बताउँछन् । बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशमा १४ वर्ष बिताएर अधिकारी केही रकम बचत गरेर गाउँमै सूर्यदर्शन एग्रो फर्म चलाएका छन् । अहिले उनी दैकिन ५० लिटर दूध बेच्छन् ।
बैदेशीक रोजगारीभन्दा गाउँमै व्यावसायिक रुपमा कृषि पेशा अगाल्न सके आर्थिक रुपमा सक्षम हुन सकिने अधिकारी बताउँछन् । सरकारी स्तरबाट केह िसहयोग पाए भविष्यमा टनेल खेती, माछापालन, टर्कीपालनसँंगै उक्त क्षेत्रलाई फार्म स्टेसमेत बनाउने योजना बनाएर काम थालेका अधिकारीले हाल गाई र भैंसी पालेका छन् । साथै, अधिकारीले नगरपालिका भित्रको मागलाई पुरा गर्ने उद्देश्यले च्याउ उत्पादनको गर्न आवश्यक टनेल बनाएक छन् ।
कृषि क्षेत्रमा हालसम्म उनले २२ लाख रुपैयाँ लगानी गरिसकेका छन् । लगानीको दायरा अझै बढाउँदै लैजाने सोच उनको छ । तर, उनीले अहिलेसम्म कुनै निकायबाट एक रुपैयाँ पनि अनुदान पाएका छैन । व्यावसायिक कृषि क्षेत्रमा लागेका कृषकका लागि नगरपालिकाले छुट्टै राहत प्याकेज ल्याउनुपर्ने उनी बताउँछन् ।

