- Loading...
महिलाहरुलाई उद्यमशील तथा आत्मनीर्भर बनाउने उद्देश्यले अचार तालिम सम्पन्न
- कृषि टि.भी.
- २ साल अघि
- ३२ पटक पढिएको


स्याङजा मा शुभ बिहानि महिला बहुउदेश्य सहकारी सस्थाको आयोजनामा सात दिने अचार तालिम सम्पन्न भएको छ । महिलाहरुलाई उद्यमशील तथा आत्मनीर्भर बनाउने उद्देश्यले तालीम आयोजना गरिएको हो ।

हरेक मानिसले जिवन जिउन केहि न केहि सिप हासिल गर्नै प्रछ । त्यहि कुरालाई मध्यनजर गदै घरेलु तथा साना उध्योग स्याङजाको आयोजना तथा शुभ बिहानी महिला बहुउदेश्य सहकारी सस्थाले महिलाहरुको अर्थिक उन्नतीको लागि अचार तालिम आयोजना गरेको हो । महिलाहरुलाई उद्यमशील र आत्मर्नीभर बनाउन कार्यक्रमको अयोजना गरिएको हो ।
तालीम मा ३२ जना महिला सहभागि भएका थीए । भने छ प्रकारका अचार बनाउने तरीका उनीहरुले सिकेको थिए । करेलो सिन्की, भट्ट, लसुन अमला र मुलाको अचार बनाउने तरिका सिकाइएको थियो । घरमा खाली बसेका र फुर्सदको समयको सदुपयोग गर्न तालीमले सहयोग पुग्ने छ ।
स्थानीय कच्चा पदार्थको प्रयोग गरी घरमै बसी फुर्सदको समयमा अचार बनाएर बिक्री गर्दा आर्थिक रुपमा सक्षम हुन सहयोग पुग्ने छ ।

