- Loading...
सम्झौता अवधिमा पनि उखु किसानले पाएनन् सबै भुक्तानी
- कृषि टि.भी.
- २ साल अघि
- २४ पटक पढिएको


सरकार र उखु किसान बीच भएको सहमति सकिदा पनि किसान पाउनु पर्ने सबै बक्यौत्ता रकम पाएका छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सरकार र उखु किसानबिच भएको २१ दिने सम्झौता अवधिमा उखु उद्योगले ५७ करोड ३० लाख रकम मात्र भुक्तानी गरेका छन् । भने आठ करोड १ लाख भुक्क्तानी गरेका छैनन् । उद्योग मन्त्रालयका अनुसार श्रीराम सुगर मिलले ३५ करोड रुपैयाँ दिनुपर्नेमा ३५ करोड नै भुक्तानी गरिसकेको छ । त्यस्तै, अन्नपूर्ण चिनी उद्योगले १७ करोड भुक्तानी गर्नुपर्नेमा १० करोड ८८ लाख रुपैयाँ दिएको र १ करोड ७६ लाख रुपैयाँ खातामा जम्मा गरेको उद्योग मन्त्रालयले जनाएको छ । इन्दिरा सुगर मिलले दिनुपर्ने ४ करोड ७० लाख रुपैयाँमध्ये १ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ । भने लुम्बिनी चिनी उद्योगले ८ करोड ४१ लाख रुपैयाँमध्ये ५ करोड १६ लाख भुक्तानी गरेको मन्त्रालयले जनाएको छ । महालक्ष्मी सुगर मिलले भने एक रुपैयाँ पनि किसानलाई भुक्तानी गरेको छैन । मिलले २० लाख तिर्नुपर्नेमा एक रुपैयाँ पनि दिएको छैन । गत मंसिर २८ गते देखि आन्दोलनरत उखु किसानसँग उद्योग मन्त्रालयले पुस १३ मा उद्योगहरूले दिनुपर्ने रकम २१ दिनभित्र भुक्तानी गराउने सहमति गरेको थियो ।।


