FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाख्रा पालक पाण्डे बने उत्कृष्ठ उद्यमी, १ लाख नगद सहित सम्मामनित

    • कृषि टि.भी.
    • २ साल अघि
    • २३ पटक पढिएको
    बाख्रा पालक पाण्डे बने उत्कृष्ठ उद्यमी, १ लाख नगद सहित सम्मामनित

    रुपन्देहीको तिलोत्तमा नगरापलिकामा व्यवसायिक बाख्रा पालन गर्दे आएको शुनिल कुमार पाण्डे १ लाख नगद सहित पुरस्कृत भएका छन् । रोजगारीका लागि जापान गएर पुनः स्वदेशमा नै आएर व्यवसायीक बाख्रा पालन गर्दै आएका पाण्डेलाई १ लाख रुपैयाँ को पुरस्कार सहित सम्मान गरिएको हो ।

    तिलोत्तमा नगरपालिकामा सञ्चालन भएको दायित्व परियोजानको ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम दुर्तिकरण परियोजना’ ले उनलाई सम्मान गरेको छ । पुर्व ग्रोमेन्टमा लागेका पाण्डे रोजगारीका लागि जापानमा गएका थिए । जापानमा गरिएको व्यवसायी पशुपालन लाई देखेर हाल स्वदेशमा नै आएर व्यवसायीक रुपमा बोयर जातको बाख्रा पालन गर्दै आएका उनलाई परियोजनाले उत्ृकष्ठ १० जनाबाट ५ जना उद्यमीमा छनौट गरेको थियो । तिलोत्तमा नगरपालिक वडा नम्बर २ मा उनले ३० वाटा बोयर बाख्रा पालनबाट सुरुवात गरेका थिए ।

    हाल उनको फार्मममा ८० वटा बोयर बाखा्रा छन् । आगामी बर्षमा ३ सय वटा बोयर बाख्रा पालन गरी नमुना फार्म बनाउने योजना बनाएको उनले बताए । उनलाई तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, उप प्रमुख जागेश्वरी देवी चौधरी, नगर प्रवक्ता सुरेन्द्र श्री, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल लगायते सम्मान सहित नगद पुरस्कार प्रदान गरेका हुन । दायित्व परियोजानका कमल थापाका अनुसार केही समय पहिला देखि निरन्तर सञ्चालन गरिएको परियोजनाले उत्कृष्ठ १० जना उद्यमी छानैट गरेको थियो । जसबाट उत्कृष्ठ ५ जनाको प्रस्तुती सहितको प्रतिवेदन अनुसार उत्कृष्ठ १ जना छनौट गरी नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित